माछापुच्छ्रेमा चट्याङ पर्दा एक हल गोरु मरे, खेतमा काम गरिरहेका मानिस बेहोश

हिमाली आवाज । कास्कीको माछापुच्छ्रे गाउँपालिकामा चट्याङ लागेर एक हल गोरुको मृत्यु भएको छ ।

वडा नं ५ को रिभान मोहरामा मकै लगाउन  खेत जोतिरहेको ठाउँमा चट्याङ लाग्दा दुई गोरुको घटनास्थलमै मृत्यु भएको हो ।

मकै लगाउन बारी जोतिरहेका गंगा पुनमगर र खेतमा काम गरिरहेका चिन्ताकुमारी पुनमगर र राशामगर गरी तीन जना आधा घण्टासम्म बेहोस भएकामा अहिले स्वास्थ्य सामान्य रहेको छ ।

घटनामा परेका राशा थापामगरले पुनःजन्म पाएको बताउनुभयो । हाल आफूहरुको स्वास्थ्य सामान्य रहेको बताउँदै उहाँले आफूहरु होसमा आउँदा गोरु हलो जुवासँगै मृत्यु भएको अवस्थामा देखेको उल्लेख गर्नुभयो ।

Comments
Loading...