पत्रकार महासंघ निर्वाचन : कास्कीमा बन्यो निर्वाचन समिति

हिमाली आवाज । नेपाल पत्रकार महासङ्घ कास्की शाखाले महासङ्घको आगामी चैत २५ गते हुने निर्वाचनका लागि तीन सदस्सीय जिल्लास्तरीय निर्वाचन समिति गठन गरेको छ ।

शाखाको आज बसेको बैठकले वरिष्ठ पत्रकार बद्रीविनोद प्रतीकको संयोजकत्वमा नेपाल बार एशोसिएसन उच्च अदालत पोखराका पूर्व अध्यक्ष रोहितराज बास्तोला र अधिवक्ता गोविन्द शर्मा पौडेल सदस्य रहेको निर्वाचन समिति गठन गरेको महासङ्घका अध्यक्ष दीपेन्द्र श्रेष्ठले जानकारी दिनुभयो ।

निर्वाचन समितिले शाखाको नयाँ नेतृत्वका लागि निर्वाचन कार्यक्रम प्रकाशित गर्नेछ । महासङ्घको निर्वाचन यसपटक केन्द्र, प्रदेश र जिल्लाको एउटै मितिमा प्रत्यक्ष निर्वाचन प्रणाली मार्फत गर्ने कार्यक्रम रहेको छ ।

Comments
Loading...