हिमाली आवाज । राष्ट्रियसभा सदस्यको निर्वाचनका लागि गण्डकी प्रदेशमा चार दलले उम्मेदवारी दर्ता गराएका छन् । गठबन्धनबाट नेपाली काँग्रेस र नेकपा एमालेले संयुक्त उम्मेदवारी दर्ता गराए भने नेपाली कम्युनिष्ट पार्टी र राष्ट्रिय जनमोर्चाले छुट्टाुछ्टै उम्मेदवारीको मनोनयन दर्ता गराएका छन्।

पोखरास्थित निर्वाचन अधिकृतको कार्यालयमा पुगेर दलहरुले आज उम्मेदवारी दर्ता गराएका हुने । गण्डकीमा दुई पटका लागि ६ जनाको उम्मेदवारी परेको छ ।
निर्वाचनका लागि महिला समूहमा नेकपा(एमाले)बाट सम्झना देवकोटा, नेपाली कम्युनिष्ट पार्टीबाट गोमा घिमिरे र जनमोर्चाबाट लक्ष्मी बास्कोटाले उम्मेदवारी दर्ता गराउनुभयो ।
यसैगरी अन्य समूहमा नेपाली काँग्रेसबाट जगत तिमिल्सना, नेपाली कम्युनिष्ट पार्टीका कपिल लामा र राष्ट्रिय जनमोर्चाका शंकर बरालले उम्मेदवारी दर्ता गराउनुभएको हो ।


