सलिकोले दियो दुई सयजना पुग्ने न्यानो कपडा

हिमाली आवाज । सगरमाथा लुम्बिनी इन्सुरेन्स सलिकोले जाडो मौसम लाइ मध्यनजर गर्दै लायन्स क्लब अफ पोखरा लाइ न्यानो कपडा प्रदान गरेको छ। सलिकोले सामाजिक उत्तरदायित्व अन्तरगत न्यानो कपडा उपहार स्वरूप प्रदान गरेको हो ।

सालिकोका पोखरा शाखा का प्रवन्धक राजेश बाबु खत्रीको संयोजकत्वमा सलिको का प्रादेशिक प्रमुख दीपक राज तिवारीले लायन्स क्लब पोखरा मुनाल का अध्यक्ष बाबुराम क्षेत्री लाइई करिब २ सय जना लाइ पुग्ने गरी करिब १० बोरा न्यानो कपडा प्रदान गर्नुभयो ।

सगरमाथा लुम्बिनी इन्सुरेन्स सलिको का प्रादेशिक प्रमुख तिवारी को प्रमुख आथित्वमा मा हस्तान्तरण गरिएको कार्यक्रममा प्रादेशिक प्रमुख तिवारी ले जाडो मौसम मा न्यानो कपडा वितरण ले गरिब दिनदुखी को मुहार मा खुशि देखिने बताउनुभयो । संयोजक राजेश बाबु खत्री ले आफ्नो संस्थाले सामाजिक उत्तर दायित्व अन्तर्गत विभिन्न कार्यक्रम गदै आएको बताउनुभयो ।

उहाँले यो पटक न्यानो कपडा वितरण गरिएको कार्यक्रम विशेष पलदाही हुने बताउनुभयो । लायन्स क्लब अफ पोखरा मुनाल का अध्यक्ष बाबुराम क्षेत्र ले सामाजिक कार्य मा सलिको को योगदान महत्वपूर्ण रहेको जोड दिदै यस्ता सहयोग लाइ आउदा दिन हरुमा पनि निरन्तरता दिन आग्रह गर्नुभयो । उहाँले ती कपडा विकट बस्तीका बालकालिकाहरुलाई प्रदान गरिने जनाउनुभयो ।

Comments
Loading...