ब्राह्मण नारी समाज बैदाममा सावित्रा तिमिल्सिना

हिमाली आवाज । ब्राह्मण नारी समाज पोखरा महानगर पालिका वडा न ६ बैदामको अध्यक्षमा सावित्रि तिमिल्सिना निर्वाचित हुनुभएको छ ।
समाजको आज सम्पन्न पहिलो अधिबेशन तथा साधारणसभाले तिमिल्सिनाको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मतिले चयन गरको हो ।

समाजको उपाध्यक्षमा संगिता बराल, सचिवमा विनिता बराल अधिकारी, कोषाध्यक्षमा सीता पाण्डे, सहसचिबमा लिला तिमिल्सिना र सहकोषाअध्यक्षमा इन्दिरा पौडेल चयन हुनुभयो । यसैगरी सदस्यहरुमा सीता देवी अधिकारी,मिठु लामिछाने, विष्णुमाया सुवेदी, शारदा लम्साल,सारदा तिमिल्सिना, अनिता बराल र सन्जु काफ्ले पहारी चयन हुनुभयो । कार्य समितिको कार्यकाल दुई वर्षको हुनेछ ।

यसअघि अधिवेशनको उद्घाटन गर्दै ब्राह्मण समाज नेपालका केन्द्रीय कोषाध्यक्ष पृथ्वी पौडेलले नेपालका अरु जातजातीभन्दा ब्रामण जाती धेरै भएतापनि सरकारको नीति नियमले गर्दा ब्राह्मण जातिलाई उपेक्षा गरेको बताउनुभयो ।

बाह्मण जातिका सन्ततिले पाउने आरक्षण कोटा समेत सरकारी रवैयाका कारण गुमाउनु परेको बताउदै सबैभन्दा दुख दिइने गरेको ऐनको दफा खारेजीको माग गर्नुभयो ।

कार्यबाहक अध्यक्ष सावित्रा तिमिल्सिनाको अध्यक्षतामा भएको कार्यक्रममा सचिव संगिता बराल र विषेश अतिथि जिल्ला अध्यक्ष रामप्रसाद बस्ताकोटी लगाएतका बक्ताहरुले ब्राह्मण जातीलाई राज्यले गरेको बिभेद र चुनौतीका भनाई राख्नुभएको थियो ।

नयाँ कार्यसमितिले शन्ति पहारी, गोपी माया बराल, प्रभा पौडेल सुवेदी, दुर्गा तिमिल्सिना,सुभद्रा आर्चाय र तारा तिमिल्सिनालाई सल्लाहकारमा मनोनित गरेको सचिव विनिता अधिकारी बरालले जानकारी दिनुभयो ।

Comments
Loading...