माधव नेपालसहित २७ सांसदलाई एमालेले स्पष्टीकरणपत्र सोध्ने, चित्त नबुझे पार्टीबाट निस्कासन गरिने

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले)ले नेता माधवकुमार नेपालसहित संघीय संसद्का २७ जना सांसदहरुलाई स्पष्टीकरण सोध्ने भएको छ ।
एमालेका सचेतक विशाल भट्टराईले आजै स्पष्टीकरणपत्र पठाइने जानकारी दिनुभयो । पार्टी र आफ्नो दलको हित विपरितका गतिविधि गरेको अभियोगमा सांसदहरुलाई स्पस्टीकरण सोध्ने तयारी गरेको बताइन्छ ।

सोमबार बालुवाटारमा बसेको बैठकले स्पष्टीकरणको लागि दुई दिनको समय दिने निर्णय गरेको थियो । एमालेले स्पष्टीकरणमा चित्तबुझ्दो जवाफ नआए सांसदहरुलाई आगामी वैशाख १० गतेको बैठकबाट कारवाही गर्ने र पार्टीबाट निस्कासन सम्म गर्ने तयारी गरेको बताइन्छ ।

Comments
Loading...