पोखरामा ठूलो परिमाणमा लागूऔषध गाँजा सहित गुरुङ पक्राउ

हिमाली आवाज । पोखरामा लागूऔषध गाँजा सहित आज एक जना पक्राउ परेका छन् ।

विहान १०ः३० बजेको समयमा पोखरा महानगरपालिका–२७ तालचोकस्थित ईलाका प्रहरी कार्यालय शिसुवाबाट खटिएको प्रहरी टोलीले सवारी साधन चेकजांच गर्ने क्रममा भण्डारढिकबाट तालचोक तर्फ आउँदै गरेको मोटरसाइकल तालचोक बस्ने २७ वर्षीय रोशन गुरुङलाई पक्राउ गरेको जनाएको छ ।

गुरुङको साथ बाट लागूऔषध गाँजा पाँच केजी ५०० ग्राम फेला परेकाले नियन्त्रणमा लिई लागूऔषध सम्बन्धी कसुर अन्तरगत अनुसन्धानको कार्य अगाडी जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

Comments
Loading...