देशका २९ जिल्लामा निषेधाज्ञा,आजदेखी थप कडा गरिने

काठमाडौँ । कोभिड–१९ सङ्क्रमणको क्षेत्र विस्तार भएसँगै आंशिक र पूर्ण गरी देशका २९ जिल्लामा निषेधाज्ञा आदेश जारी भएको छ ।

त्यसमध्ये १९ जिल्लामा कार्यान्वयनमा रहेको, तीन जिल्लामा शनिबार राति १२ बजेदेखि र सात जिल्लामा आइतबारदेखि कार्यान्वयनमा आउने जनाइएको छ । कूल २९ मध्ये सात जिल्लामा आंशिक निषेधाज्ञा छ । सरकारले संक्रमण बढेसँगै यसअघिदेखी निषेधाज्ञा जारी भएका जिल्लामा आइतबारदेखी थप कडा पार्ने तयारी गरेको छ ।

सरकारले अवस्था हेरेर निषेधको आदेश जारी गर्नसक्ने अधिकार प्रमुख जिल्ला अधिकारीलाई दिएसँगै विभिन्न जिल्लामा निषेधाज्ञा जारी भइरहेको छ ।

सरकारले सङ्क्रामक रोग नियन्त्रण ऐन २०२० को उपदफा २ बमोजिम पहाडी र हिमाली जिल्लामा २०० र काठमाडौँ उपत्यका तथा तराईमा ५०० सक्रिय सङ्क्रमित रहेका जिल्लामा जिल्लाभर वा निश्चित क्षेत्र तोकी प्रमुख जिल्ला अधिकारीले निषेधाज्ञा वा अन्य आवश्यक आदेश जारी गर्न सक्ने अधिकार दिएको थियो ।

Comments
Loading...