पोखरामा उपचारका क्रममा नौ कोरोना संक्रमितको मृत्यु

हिमाली आवाज । पोखरामा उपचारका क्रममा पछिल्लोे २४ घण्टामा नौ जना कोरोना संक्रमितको निधन भएको छ ।

प्रदेश स्वास्थ्य निर्देशनालयले जारी गरेको विज्ञप्तिका अनुसार पोखराका विभिन्न अस्पतालमा उपचारका क्रममा उनीहरुको मृत्यु भएको हो ।

मृतकमा पाँच जना पोखरा महानगरपालिकाका छन् । त्यसैगरी स्याङ्जाका दुई र म्याग्दी र रुपन्देहीका एक÷एक जना छन् । हालसम्म गण्डकी प्रदेशमा कोरोनाबाट मृत्यु हुनेको संख्या २६० पुगेको छ ।

Comments
Loading...