पाल्पाका गैरेलाई अमेरिकामा विद्यावारिधी

हिमाली आवाज । पाल्पा जिल्लाको वगनासकाली गाउँपालिका वडा नं. ७ खानीगाउँका शंकर गैरेले अमेरिकाबाट विद्यावारिधी गर्नुभएको छ ।
अमेरिकाको टेक्सस राज्यस्थित ए एण्ड एम विश्वविद्यालयबाट डिपार्टमेण्ड अफ प्लान्ड प्याथोलोजि एण्ड माइक्रोवायोलोजि बिषयमा विद्यावारिधी गर्नुभएको हो ।

चितवनस्थित रामपुर कृषि क्याम्पसवाट कृषि बिषयमा एमएसी गर्नुभएका गैरेले अमेरिकाको उक्त विश्वविद्यालयवाट विद्यावारिधी गर्नुभएको हो ।
उहाँलाई सो विश्वविद्यालयका उपकुलपति प्याट्रिक स्टोभरले उपाधि प्रधान गर्नुभएको हो । आज भन्दा पाँच बर्ष अधि अध्ययनका क्रममा अमेरिका जानु भएका गैरेले त्यस अधि कृषि तथा वन विश्वविद्यालय चितवनमा दुई बर्ष प्राध्यापन गर्नुभएको थियो ।

विश्वव्यापी पैmलिएको कोरोना भाइरस कोभिड—१९ को संङक्रमण बढेपनि शैक्षिक क्यालेण्डरमा भने कुनै असर नपरेको कारण नियमित पढाई भएको हुँदा समयमा नै विद्यावारिधी गर्न सफल भएको गैरेले बताउनुभयो ।

 

Comments
Loading...