गण्डकीमा सरकार दावी गर्दै चार दल पुगे प्रदेश प्रमुखकोमा

हिमाली आवाज । गण्डकीमा नेपाली काँग्रेस, माओवादी केन्द्र, जनता समाजवादी र राष्ट्रिय जनमोर्चाका नेताहरु नयाँ सरकार दावी गर्दै प्रदेश प्रमुखको कार्यालयमा पुगेका छन् ।

नेपाली काँग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपाली पोखरेललाई मुख्यमन्त्री नियुक्त गर्न माग गर्दै चार दल प्रदेश प्रमुखकोमा पुगेका हुन् । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले गत वैशाख २६ गते पदबाट राजीनामा दिएपछि प्रदेश प्रमुख सीता कुमारी पौडेलले सोही दिन तीन दिनभित्र बहुमतिय सरकार गठनका लागि दलहरुलाई आह्वान गर्नुभएको थियो ।

माओवादी केन्द्रका संसदीय दलका उपनेता रामजी प्रसाद बरालले प्रदेश प्रमुखले दिएको समयभित्रै काँग्रेसका कृष्णचन्द्र नेपालीलाई मुख्यमन्त्री नियुक्तिको माग सहित आफूहरुले प्रदेश प्रमुखको कार्यालयमात्र पत्र बुझाएको जानकारी दिनुभयो ।

“सरकारलाई समर्र्थन गर्ने चार दलको पत्र प्रदेश प्रमुखलाई बुझाएका छौँ ।” सांसद बरालले भन्नुभयो । चार दलले अहिले सांसदको हस्ताक्षर भने गराएका छैनन् ।

Comments
Loading...