नेलेम्बोद्वारा अनलाइन पत्रकार संघलाई स्वास्थ्य सामाग्री सहयोग

हिमाली आवाज । नेलेम्बो नेपाल कास्कीले अनलाइन पत्रकार संघ गण्डकी प्रदेशलाई स्वास्थ्य सामाग्री सहयोग गरेको छ । आइतबार नेलेम्बो नेपालका अध्यक्ष एकदेव देवकोटाले अनलाइन पत्रकार संघ गण्डकी प्रदेशका अध्यक्ष कमल सुवेदीलाई स्वास्थ्य सामाग्री हस्तान्तरण गर्नुभएको हो ।

नेलेम्बोले डिस्पोजल मास्क २५ सय पीस, फेस सिल्ड ५० पीस, सेनीटाइजर ५० लिटर, डिस्पोजल ग्लब्स १० प्याकेट सहयोग गरेको अध्यक्ष देवकोटाले जानकारी दिनुभयो । उहाँका अनुासर ५२ हजार ६ सय ७० रुपैयाँ बराबरको सहयोग सामाग्री हस्तान्तरण गरिएको हो ।

सत्यतथ्य समाचार संकलनमा अग्र पंक्तीमा खटिने श्रमजीवी पत्रकारको स्वास्थ्य सुरक्षाको ख्याल राख्दै सहयोग गरिएको अध्यक्ष देवकोटाले बताउनुभयो ।

स्वास्थ्य सामाग्री ग्रहण गर्दै संघका अध्यक्ष सुवेदीले कोरोना महामारीको विषम् परिस्थितिमा पत्रकारको मर्मलाई बुझ्दै स्वास्थ्य सामाग्री सहयोग गरिएकोमा नेलेम्बो प्रति आभार व्यक्त गर्नुभयो ।

Comments
Loading...