देउवा, प्रचण्ड र नेपालबीच बुढानिलकण्ठमा भेटवार्ता

काठमाडौँ । नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एमालेबाट निष्काशित वरिष्ठ नेता माधवकुमार नेपालबीच अहिले बुढानिलकण्ठमा छलफल चलिरहेको छ ।छलफलका लागि प्रचण्ड र नेपाल देउवा निवास बुढानीलकण्ठ पुग्नुभएको छ ।

स्थायी कमिटीका नेताहरूसँगको भर्चुअल छलफलपछि नेपाल सोमबार साँझ बुढानीलकण्ठ पुग्नुभएको हो । विपक्षी गठबन्धनका तीन नेताबीच जारी छलफललाई विशेष महत्वका साथ हेरिएको छ ।

Comments
Loading...