देशका विभिन्न स्थानमा आज भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन अनुरोध

हिमाली आवाज । मौसम पूर्वानुमान महाशाखाले आज देशका प्रदेश नं १, प्रदेश नं २, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका केही स्थानहरुमा भारी बर्षाको समेत सम्भावना भएकाले आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ ।

महाशाखाले मौसम पूर्वानुमान जारी गर्दै देशका धेरै स्थानहरुमा मेघगर्जन, चट्याङ्ग सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जनाएको छ ।

आज देशभर मनसुनी वायुको प्रभाव रहेकोले बिहानैदेखि देशभर सामान्यदेखि पूर्ण बदली रही बागमती, गण्डकी, लुम्बिनी प्रदेश, कर्णाली र सुदुरपश्चिम प्रदेशका केही र बाँकी प्रदेशका एक, दुई स्थानहरुमा वर्षा भईरहेको महाशाखाले जनाएको छ ।

Comments
Loading...