प्रधानमन्त्री देउवाले आजै विश्वासको मत लिने,प्रश्ताव संसद सचिवालयमा दर्ता

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले आज नै विश्वासको मत लिनु हुने भएको छ ।सर्वोच्च अदालतले प्रतिनिधि सभालाई पुनःस्थापना गरेपछि पहिलो बैठक आज अपरान्ह ४ बजे बस्दैछ ।

संसद सचिवालय स्रोतका अनुसार आजको बैठक दुई चरणमा बस्नेछ । पहिलो चरणको कार्यसूची सम्पन्न भएपछि दोस्रो चरणमा प्रधानमन्त्री देउवाले विश्वासको मत लिने गरी तयारी गरिएको हो ।

विश्वासको मत लिने सम्बन्धी प्रश्ताव संसद सचिवालयमा दर्ता गरिएको छ । कानूनमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले प्रश्ताव दर्ता गराउनुभएको हो । सर्वोच्चको परमादेशपछि प्रधानमन्त्री देउवा गत असार २९ गते प्रधानमन्त्रीमा नियुक्त हुनुभएको थियो । प्रधानमन्त्रीमा नियुक्त भएको एक महिनाभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ ।

Comments
Loading...