प्रधानमन्त्री देउवालाई प्रतिनिधिसभामा विश्वासको मत : पक्षमा १६५, विपक्षमा ८३ मत

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले प्रतिनिधिसभामा संसदमा विश्वासको मत प्राप्त भएको छ ।

नेपाली कांग्रेस, माओवादी केन्द्र, जसपा, राष्ट्रिय जनमोर्चा र एमालेको माधव नेपाल समूहको सहयोगमा देउवाले विश्वासको मत प्राप्त गर्नुभएको हो ।

देउवाले १६५ मत प्राप्त गर्नुभयो भने विपक्षमा ८३ मत छ । ‘नो भोट’ मा १ मत रहेको सभामुख अग्निप्रसाद सापकोटाले जानकारी दिनुभयो ।
यसैगरी ओली पक्षका ८ सांसदले गरे फ्लोर क्रस गरे । एमालेका २२ सांसदकोे देउवालाई मत दिएका थिए ।

Comments
Loading...