गण्डकीको प्रदेश प्रमुखमा गुरुङ र लुम्बिनीमा शेरचन

पोखरा । सरकारले गण्डकी प्रदेशको प्रदेश प्रमुखमा चितवनका पृथ्वीमान गुरुङ र लुम्विनीमा अमिक शेरचनलाई नियुक्तिका लागि सिफारिस गरेको छ ।

मन्त्रिपरिषद्को आजको बैठकले दुई प्रदेशका प्रदेश प्रमुखलाई हटाएर नयाँ नियुक्तिका लागि राष्ट्रपतिसमक्ष सिफारिस गरेको हो । शेरचन माओवादी केन्द्र र गुरुङ काँग्रेसको कोटाबाट प्रदेश प्रमुखमा नियुक्त हुनुभएको हो ।

मन्त्रिपरिषद्को उक्त सिफारिससँगै गण्डकी प्रदेश प्रमुख सीताकुमारी पौडेल र लुम्बिनी प्रदेश प्रमुख धर्मनाथप्रसाद साह पदमुक्त हुनुभएका छ ।शेरचन यसअघि गण्डकी प्रदेश प्रमुख हुनुहुन्थ्यो । अघिल्लो सरकारले उहाँलाई पदमुक्त गरेको थियो ।

Comments
Loading...