कोरोना खोप सुनिश्चितता गर्न प्रदेश सरकार समक्ष कोप्सको माग

हिमाली आवाज । सम्पूर्ण प्रारम्भिक सहकारी संस्था, सहकारीका अध्यक्ष, सञ्चालक एवं कर्मचारीहरुको साझा र छाता संगठन कोअपरेटिभ प्रेसिडेन्टस सोसाइटी (कोप्स सेन्टर)ले सहकारीकर्मीहरुलाई खोप सुनिश्चितताको मागगर्दै गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्ण चन्द्र नेपाली पोखरेल समक्ष शुक्रबार ६ बुँदे मागसहितको ज्ञापनपत्र बुझाएको छ ।

उक्त टोलीले मुख्यमन्त्री नेपाली, अर्थ तथा योजनामन्त्री रामजी बराल जीवन, गण्डकी प्रदेशका उर्जा, जलश्रोत तथा खानेपानीमन्त्री हरिशरण आचार्य र कास्कीका प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतम समक्ष उक्त ज्ञापनपत्र बुझाएको कोप्स सेन्टरकाअ ध्यक्ष डिल्लीराम बरालले जानकारी दिनुभयो ।

बचत तथा ऋणको कारोबार, उत्पादन क्षेत्र र सेवा क्षेत्रमा योगदान गर्ने सहकारी सञ्चालक एवं कर्मचारीहरुको जीवन रक्षाको निम्ति खोप सुनिश्चितताको माग गर्दै ज्ञापन पत्र बुझाइएको बाघमारा बहुउद्देश्यीय साकोस सहकारी संस्था लि.का अध्यक्ष समेत रहेका बरालले जानकारी दिनुभयो ।

मुख्यमन्त्री नेपालीले स्वयंसेवाको रुपमा सहकारी अभियानमा योगदान गर्ने सञ्चालक तथा कर्मचारीहरुलाई क्रमश खोप उपलब्ध गराउने प्रतिवद्धता गर्नुभयो ।

अर्थ तथा योजनामन्त्री बरालले मुलुकको आर्थिक विकासमा टेवा पु¥याउन सहकारीले महत्वपूर्ण भुमिका खेल्ने बताउँदै सहकारीका समस्या समाधान गर्न तयार रहेको प्रतिवद्धता व्यक्त गर्नुभयो ।

ज्ञापन पत्र बुझाउने टोलीका सहभागीहरुले कोभिड–१९ का कारण सहकारी क्षेत्रमा परेको आर्थिक प्रभाव तथा जोखिम न्यूनिकरणका लागि प्रदेशले नितीगत रुपमा कर छुटको व्यवस्था मिलाउन र खोप वितरण गर्दा सरकारले सहकारी क्षेत्रलाई उपेक्षा गरेको गुनासो गरे ।

Comments
Loading...