वैवाहिक स्वर्ण जयन्तीमा पोखरा बृद्धाश्रममा साढे ६ लाखको अक्षयकोष स्थापना

हिमाली आवाज । समाजका विपन्न एवम् असहाय ज्येष्ठ नागरिकको स्याहार सुसार तथा उपचारमा सहयोग पु¥याउने उदेश्यका साथ यहाँको एक जोडीले आप्mनो वैवाहिक स्वर्ण जयन्तीको अवसर पारेर पोखरा वृद्धाश्रममा अक्षयकोष स्थापना गर्नुभएको छ ।

पोखरा महानगरपालिका वडा नं. ९ निवासी दीपक बाटाजु र श्रृजना बाटाजुले वैवाहिक स्वर्णजयन्तीको उपलक्ष्यमा स्व.बुबाआमा गोकुललाल र मानकुमारी बाटाजुको स्मृतिमा छ लाख ५१ हजार पाँच रुपैयाको अक्षयकोष स्थापना गर्नुभएको हो ।

पोखरा बृद्धाश्रममा आज आयोजित एक कार्यक्रमका बीच बाटाजु परिवारले उक्त रकम बराबरको चेक आश्रमका अध्यक्ष कुशुमकेशव पराजुलीलाई हस्तान्तरण गर्नुभयो ।

कार्यक्रममा अक्षयकोषदाता बाटाजुले कोरोना कहरका कारण नेवार समुदायले परम्परागत रुपमा पोखरा बजारमा निकाल्दै आएको गाईजात्रा नाच यस बर्ष ननिकाले पनि आफुले सोही अवसर पारेर स्वर्गीय आमाबुबाको नाममा अक्षयकोष स्थापना गरेको जानकारी दिनुभयो ।

पोखरा बृद्धाश्रमद्धारा सञ्चालन गर्ने लक्ष्यका साथ स्थापित सो कोषको व्याजवाट आश्रममा आश्रित जेष्ठनागरिकलाई सहयोग पुग्ने विश्वास व्यक्त गर्दै उहाँले शुभकार्यमा अन्य फजुल खर्च गर्नु भन्दा आश्रममा सहयोग गर्दा आफुलाई आत्मसन्तुष्टि मिलेको धारणा राख्नुभयो ।

पोखरा बृद्धाश्रमका अध्यक्ष कुसुमकेशव पराजुलीले दाताको सहयोगबाट सञ्चालित आश्रममा वृद्धवृद्धा एवम् सेवकसेविका सहित ५५ जना आश्रित छन् । विश्वव्यापी रुपमा पैmलिएको कोरोना भाइरसको कारण आश्रम सञ्चालनसंगै आमाबुबालाई जोगाउन स्वास्थ्य मापदण्ड अपनाईएको बताउनुभयो ।

बृद्धाश्रम सञ्चालनका लागि गण्डकी प्रदेश सरकार सामाजिक विकास मन्त्रालयबाट १२ लाख र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट २० लाख रुपैया आर्थिक सहयोग प्राप्त भएको बताउँदै उहाँले आश्रममा आश्रित छ जना जेष्ठनागरिक अहिलेसम्म पनि नागरिकता नपाउँदै राज्यले प्रदान गर्ने सामाजिक सुरक्षा भक्ताबाट समेत बन्चित रहेको बताउनुभयो ।

अक्षयकोषदाता परिवारका सदस्य राजिव बाटाजुले आमाबुबाले आप्mनो विवाहको ५० बर्ष पुगेको अवसरमा आश्रममा अक्षयकोष स्थापना गर्नुभएकोमा खुशी व्यक्त गर्दै आवश्यकता अनुसार आगामी दिनहरुमा आप्mनोतर्पmबाट पनि सक्दो सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
कार्यक्रममा अक्षयकोषदाता बाटाजुलाई बृद्धाश्रमकोतर्पmबाट दोसल्ला र सम्मानपत्रले सम्मान गरिएको थियो

Comments
Loading...