कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी २४ वर्षपछि पोखरामा पक्राउ

हिमाली आवाज । कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी पुतलीबजार नगरपालिका–१४ बस्ने ७५ वर्षीय यम प्रसाद पौडेललाई बुधबार प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला अदालत स्याङजाको २०५४ कात्तिक ४ गतेको फैसलाले कर्तव्य ज्यान मुद्दामा १९ वर्ष ६ महिना १२ दिन कैद ठहर भई फरार रहेका उनलाई २४ वर्षपछि प्रहरीले पोखराबाट पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय स्याङजाबाट खटिएको प्रहरीले पोखरामा लुकिछिपी बसेको अवस्थामा फेला पारी पक्राउ गरेको प्रहरीले जनाएको छ ।

उनलाई आवश्यक कारवाहीका लागि जिल्ला अदालत स्याङजामा पेश गरिएकोमा अदालतको आदेशले कैद भुक्तानका लागि जिल्ला कारागार स्याङजा पठाइएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ ।

Comments
Loading...