पोखरामा शुरु भयो टिभिएसको मेगा एक्सचेञ्ज

हिमाली आवाज । पोखरा रङ्गशालामा आजदेखी टिभिएस कम्पनीको मोटरसाइकल तथा स्कुटरहरुको  एक्सचेञ्ज मेला शुरु भएको छ ।

टिभिएसको गण्डकी धौलागिरीको आधिकारिक बिक्रेता बतास ब्रदर्श प्रालिले आगामी असोज ६ गतेसम्मका लागि एक्सचेञ्ज कार्यक्रम राखेको हो । एक्सचेञ्जको पहिलो दिनमानै ५५ वटा मोटरसाइकल तथा स्कुटर बिक्री भएको प्रालिका बिक्री प्रवन्धक सन्तोष पोखरेलले जानकारी दिनुभयो ।

उहाँका अनुसार एक्सचेञ्जमा बजारमुल्य भन्दा थप रु १० हजार नगदको व्यवस्था गरिएको छ । यसैगरी शुन्य ब्याजदरमा फाइनान्स सुविधा, लक्की ड्रमा रु एक लाखदेखी गाडीसम्मको थप पुरस्कारको व्यवस्था गरिएको पोखरेलले बताउनुभयो ।

पोखरेलले भन्नुभयो,“गण्डकी प्रदेशमा टिभिएसका जुनसुकै मोडल ग्राहकको रोजाईमा छन् । यस क्षेत्रमा अग्रणी स्थानमा रहेको टिभिएसले एक्सचेञ्ज मेलामार्फत बजार विस्तारमा सघाउ पुग्ने विश्वास लिएका छौँ ।”

Comments
Loading...