युआरएलमा असोजभर टिजी सित्तैमा, अरु जाँचमा ३० छुट

हिमाली आवाज ।गण्डकी प्रदेशको पहिलो रेफरेन्स ल्याब युनाइटेड रेफरेन्स ल्याबोरेटरी प्रालि९युआरएल० ले चाडपर्व लक्षित फेस्टिभल अफर सार्वजनिक गरेको छ ।

अफरमा असोज महिनाभर रगतमा हुने खराब बोसो९टिजी० सित्तैमा जाँच गरिनेछ भने अरु सबै प्रकारका रक्तजाँच र होलबडीका प्याकेजमा समेत ३० प्रतिशत छुट दिइएको अध्यक्ष ठाकुरप्रसाद पन्तले बताउनुभयो ।

यो अफर युआरएलको प्रधान कार्यालय सभागृहचोक, गिरी कम्प्लेक्ससहित शाखा कार्यालय हस्पिटलचोकसहित युआरएल दुलेगौंडा, दमौली, बेशीसहर र वालिङमा समेत उपलब्ध छ । विश्वकै सर्वोत्कृष्ट प्रविधि, उत्कृष्ट मेसिन र दक्ष जनशक्तिबाट सेवा दिइरहेको युआरएलले चाडपर्वका बेला ग्राहकलाई उपहारस्वरुप योजना ल्याएको अर्थ निर्देशक गणेश कोइरालाले बताउनुभयो ।

महामारीका बेला स्वास्थ्य मापदण्ड पूरा गर्दै युआरएल गण्डकी प्रदेशलाई रक्त परीक्षणमा अत्मनिर्भर बनाउन लागिपरेको बताइन्छ ।

हालसम्म ४ लाखभन्दा बढीलाई सेवा दिइसकेको युआरएलले विभिन्न संघ, संस्थासँग सहकार्य गरी १ सयभन्दा बढी स्वास्थ्य शिविर र सचेतना कार्यक्रम गरिसकेको छ ।

Comments
Loading...