देशमा विशाल क्रान्तिकारी कम्युनिष्ट पार्टीको आवश्यकता : अर्थमन्त्री बराल

हिमाली आवाज । गण्डकी प्रदेशका अर्थ मन्त्री रामजी प्रसाद बराल जीवनले देशमा बिशाल क्रान्तिकारी कम्यूनिष्ट पार्टी आवश्यक भएको बताउनुभएको छ ।

नेपाल राष्ट्रिय कर्मचारी संगठन निजामती कास्कीको शनिबार पोखरामो पाचौं जिल्ला अधिवेसनको उद्घाटन गर्दै मन्त्री बरालले देशमा अब नयाँ ढंगको बिशाल क्रान्तिकारी कम्यूनिष्ट पार्टी आवश्यक भएको बताउनुभयो ।

माओबादी विघठन भई नयाँपुनः गठनको प्रकृयामा समेत जानसक्ने सम्भावना भएको बताउदै माओबादी केन्द्र गण्डकी प्रदेश सचिवालय सदस्य समेत रहनुभएका मन्त्री बरालले देशको आवश्यकता अनुसार पार्टीहरु रुपान्तरण हुनुपर्ने बताउनुभयो ।

कर्मचारी ट्रेड यूनियनले कर्मचारीको हकहितमा मात्र नभई जनताको पक्षमा सेवालाई थप प्रभावकारी बनाउने तर्फ समेत ध्यान दिन मन्त्री बरालले आग्रह गर्नुभयो ।संगठनमा आबद्ध कर्मचारीलाई अन्य कर्मचारी भन्दा फरक ढंगले जनमुखि र उत्तरदाई हुन मन्त्री बरालको सुझाव छ ।

गण्डकी प्रदेशका प्रमुख सचिव डा. दामोदर रेग्मीले कर्मचारीकै कारण कर्मचारी सरुवा बढुवा तथा सेवा प्रभावित हुने गरेको भन्दै कर्मचारीको पेन्सन फन्ट हटाएको बिषयमा हालसम्म कुनै कर्मचारी यूनियनले यसको मुद्धा नउठाएको बताउनुभयो ।

संगठनका केन्द्रीय अध्यक्ष हरिबहादुर रावलले आफ्नो संगठन बिरुद्ध कसैले धावा वोलेमा उनीहरु बिरुद्ध अब आक्रामक ढंगले अघि बढ्नुपर्ने भन्दै कर्मचारीलाई उत्प्रेरक बन्ने कर्मचारी सेवा ऐन आवश्यक भएको उहाँले बताउनुभयो ।

कास्कीका प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतमले संघिय निजामती कर्मचारी ऐन आउन ढिलाई हुने कर्मचारीमा केही समस्या देखा भएको बताउनुभयो ।
संगठनका गण्डकी प्रदेश अध्यक्ष कृष्णप्रसाद पौडेलले तीन तहका सरकारले जति सक्दो छिटो निजामति सेवाकर्मचारी ऐन जारी गर्नुपर्ने माग गरे ।
राष्ट्रिय कर्मचारी महासंघ गण्डकी प्रदेश संयोजक तारानाथ सुवेदीले महान जनयुद्धका शहीद जनआन्दोलनका घाइते अपाङग भएकाहरुको परिवारलाई समेट्न सक्नुपर्ने बताउनुभयो ।

रामचन्द्र ढुंगानाको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा माओबादी पोखरा महानगर कमिटिका अध्यक्ष विश्वप्रकाश लामिछाने, उपाध्यक्ष अर्जुन ज्ञवाली, सचिव श्याम लामिछाने, संगठनका कास्की इन्चार्ज ज्ञानेन्द्र कलैनी लगायतले भनाई राख्नुभएको थियो ।

Comments
Loading...