हिमाली आवाज । समानुपातिकतर्फको मत गणना लभगभ सकिनै लागेको छ । निर्वाचन आयोगका अनुसार समानुपातिकतर्फ कुल १ करोड ९ लाख मत खसेकोमा हालसम्म १ करोड ठ लाख ३२ हजार ९३२ मतगणना सम्पन्न भइसकेका छ ।
अब डेढ लाख मतगणना हुन बाँकी छ । मतपरिणामअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले ५१ ला ३६ हजार ६७४ मत प्राप्त गरेको छ ।
त्यस्तै, दोस्रोमा नेपाली कांग्रेसले १७ लाख ४८ हजार ३३६ मत, तेस्रोमा नेकपा एमालेले १४ लाख ४८ हजार ४१२ मत र चौथोमा नेपाली कम्युनिष्ट पार्टीले ८ लाख ४ हजार १७१ मत प्राप्त गरेको छ ।
त्यस्तै, दोस्रोमा नेपाली कांग्रेसले १७ लाख ४८ हजार ३३६ मत, तेस्रोमा नेकपा एमालेले १४ लाख ४८ हजार ४१२ मत र चौथोमा नेपाली कम्युनिष्ट पार्टीले ८ लाख ४ हजार १७१ मत प्राप्त गरेको छ ।
यता पाँचौ स्थानमा भने श्रम संस्कृति पार्टीले ३ लाख ७८ हजार ५९४ मत कटाएको छ भने छैठौं नम्बरमा राप्रपाले ३ लाख २९ हजार ४६६ मत प्राप्त गरेको छ ।