गण्डकी अटो मेकानिक्सद्वारा रक्तदान

हिमाली आवाज । गण्डकी अटो मेकानिक्स वक्र्स एशोसिएशनको २८ औँ वार्षिका्त्सवको अवसरमा २८ औँ खुल्ला रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।

संस्था स्थापना देखि नियमित गरिदै आएको कार्यक्रमको शुभारम्भ पहिलो रक्तदाता एशोसिएसनका सचिव विष्णुप्रसाद अधिकारीलाई पोखरा उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष विश्वशंकर पालिखेले ब्लड ब्याग हस्तान्तरण गरी गर्नुभएको थियो । व्यवसायिक हितका लागि व्यवस्थित व्यवसाय गर्न सके सफल हुने प्रमुख अतिथि पालिखेले बताउनुभयो ।

४६ जनाले रक्तदान गरेको कार्यक्रममा रक्तदानको महत्वमाथि रक्तसञ्चार केन्द्रका प्रमुख अर्जुन ज्ञवालीले आफ्नो धारणा राखेका थिए । एशोसिएशनका अध्यक्ष सन्तोषकुमार मिश्रको सभापतत्वमा भएको कार्यक्रममा पूर्व अध्यक्ष कूलबहादुर नेपाली, प्रेस सल्लाहकार कृष्णबहादुर थापा, पूर्व ट्राफिक प्रमुख शिव बहादुर थापा, गण्डकी अटो मोबाइलका उपाध्यक्ष कृष्ण श्रेष्ठ, ४० औँ पटक रक्तदान गर्ने शम्भु श्रेष्ठ, उपाध्यक्ष कृष्ण खाँड, महासचिव योगेन्द्र राजभण्डारी, कार्यक्रम संयोजक मियाल अन्सारी लगायतले आ आफ्नो धारणा राखेका थिए ।

Comments
Loading...