महामारी प्रभावित व्यवसायीलाई जीवन रक्षा कोष : सहकारी मन्त्री बुढा

हिमाली आवाज । गण्डकी प्रदेशका भूमि व्यवस्था सहकारी तथा गरिबी निवारणमन्त्री चन्द्रबहादुर बुढाले कोरोनाका कारण प्रभावित वित्तिय क्षेत्र र उद्यम व्यवसाय चूनौतीबाट अघि बढ्न शुरु गरेको बताउनुभएको छ ।

पोखरा महानगरपालिका वडा नं १० मा अवस्थित श्रीवृद्धि बचत तथा ऋण सहकारी संस्था लिमिटेडको आज १३ औँ वार्षिक साधारणसभा तथा पाँचौँ अधिवेशनको उद्घाटन गर्दै उहाँले कोरोना प्रभावित व्यवसायलाई राहत दिनका लागि प्रदेश सरकारले जीवन रक्षा कोष सञ्चालनमा ल्याएको बताउनुभयो ।

उहाँले भन्नुभयो,“ महामारी प्रभावित व्यवसायीका लागि प्रदेश सरकारले जीवन रक्षा कोष स्थापना गरेर कार्यान्वयनमा ल्याएको छ । यसलाई सरल बनाउँदै कार्यविधि संशोधन गर्दै गइरहेको छ । ”

मन्त्री बुढाले विगतमा पूँजी विकेन्द्रीकृत रहेकामा हाल पूँजीलाई केन्द्रीकृत गरी स्वावलम्वन बन्दै सहकारी क्षेत्रलाई अघि बढाइने बताउनुभयो । देशको कूल गार्हस्थ उत्पादनमा सहकारी क्षेत्रले तीन प्रतिशत योगदान गरेको भन्दै उहाँले सरकारको तीन खम्बे नीति अनुसार सहकारी अघि बढ्नुपर्ने र निर्णायक भूमिका निर्वाह गर्नुपर्ने बताउनुभयो ।

गण्डकी प्रदेशका सांसद एवं माओवादीका प्रमुख सचेतक गायत्री गुरुङले सहकारीका माध्यबाट महिलाहरु आर्थिक रुपमा समद्ध बन्दै गएको बताउनुभयो । उहाँले संस्थाको उद्धेश्य चुम्ने गरी नयाँ आउने नेतृत्वले काम गर्न सकोस् भन्ने शुभकामना व्यक्त गर्नुभयो ।प्रदेशसभा सांसद मनबहादुर गुरुङले सहकारी संस्था उत्पादनमा लाग्नुपर्ने भनाई राख्नुभयो ।

संस्थाका अध्यक्ष मिनबहादुर गुरुङले संस्थाको गुणस्तरीयतालाई उचाईमा पुग्नका लागि पूँजी र कारोबार वृद्धिका प्रयासलाई तीव्रताका साथ अघि बढाइएको र सहकारीलाई अझ व्यवस्थित संस्थाको रुपमा अघि बढाइने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

कार्यक्रममा संस्थाका संस्थापक अध्यक्ष प्रा.डा.कृष्णबहादुर केसी, जिल्ला सहकारी संघका सदस्य चन्द्राकुमारी पराजुली लगायतले शुभकामना व्यक्त गर्नुभएको थियो ।

सञ्चालक समितिका अध्यक्ष मिनबहादुर गुरुङको अध्यक्षतामा भएको उद्घाटन सत्रमा असल कारोवारी टिमबहादुर केसी, असल निक्षेपकर्ता विष्णुप्रसाद अधिकारी, कर्मचारी मञ्सु नेपालीलाई सम्मान गरिउको थियो ।

यसैगरी मेट्रोसिटी अस्पतालका अध्यक्ष डा राजन शर्मा, शिशुवा अस्पतालका अध्यक्ष डा नारायण ओझा, नमस्ते अस्पतालका प्रवन्ध निर्देशक डा केशव शर्मा, आस्था क्लिनिकाका डा अमृत केसी र अन्तर्राष्ट्रिय पर्वतीय संग्राहलयका कार्यकारी निर्देशक निर्मला न्यौपाने सहित सरहकारी वृहत्तर उन्नयनमा खटिने वर्तमान कार्यसमितिका पदाधिकारीलाई समेत सम्मान गरिएको थियो ।

शिक्षा संयोजक रामचन्द्र अधिकारीले सञ्चालन गर्नुभएको कार्यक्रममा स्वागत उपाध्यक्ष कृष्ण प्रसाद गौतम(धैर्य) र सहकारी सिद्धान्त वाचन सञ्चालक समितिका सदस्य डा विनिता कोइरालाले गर्नुभएको थियो ।

Comments
Loading...