पोखरामा सोलिङ गर्ने क्रममा पुरिएर महिलाको मृत्यु

हिमाली आवाज । पोखरामा घरको जगको खाल्डोमा सोलिङ गर्ने क्रममा पुरिएर एक जनाको मृत्यु भएको छ ।

पोखरा महानगरपालिका–११ काँहुडाँडा लामिछाने थरमा आज विहान १०ः०० बजेको समयमा काँहुडाडा लामिछाने थर स्थितमा निर्माणधिन घरको जगको खाल्डोमा सोलिङ गर्ने क्रममा सिन्धुली ठुला गाँउ घर भई हाल पोखरा–११ फुलबारी डेरा गरी बस्ने ४१ वर्षीय आईती माया थोकरको पुरिएर मृत्यु भएको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले जनाएको छ ।

घटना लगत्तै उपचारको लागी मणिपाल शिक्षण अस्पताल पठाईएकोमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । सो स्थानमा प्रहरी टोली खटीगई घटनाको विषयमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

Comments
Loading...