विद्यालय निरन्तर जाँदैनन् रुपाका मुस्लिम समुदायका बालवालिका

हिमाली आवाज । अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेक पोखराको आयोजनामा रुपा गाउँपालिका वडा नं ६ मा शिक्षाको अधिकारबारे शिक्षक र अभिभावक र विद्यार्थीहरुकशति अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।कार्यक्रममा जनप्रतिनिधि , मुस्लिम समुदायका विद्यार्थी , अभिभावकहरु र विद्यालयका शिक्षकहरुबिच शिक्षाको अधिकारबारे अन्तरक्रिया गरिएको थियो ।

वडा नं ६ मा रहेका मुस्लिम समुदायका बालवालिकाहरु भर्ना भएपनि विद्यालयमा निरन्तरता दिन छाड्ने गरेका छन् ।रुपा गाउँपालिका उपाध्यक्ष लालसुब्बा गुरुङले नयाँ पुस्ताले अधिकारका विषयमा अध्ययन गरेर पुरानो पुस्तालाई सिकाउन आवश्यक रहेको बताउनुभयो ।
बाल विवाह र बहुबिवाहलाई संविधानले बन्देज लगाएको भन्दै त्यस्ता कामहरु रोक्न युवाहरुको भुमिका महत्वपूर्ण हुने बताउनुभयो ।

विद्यालयमा पठाउनु हुदैन भन्ने मान्यता गलत रहेको भन्दै उहाँले सबै बालबालिकाहरुलाई अनिवार्य विद्यालय पठाउन आग्रह समेत गर्नुभयो ।
रुपा गाउँपालिका शिक्षा शाखा प्रमुख सन्दिप पौडेलले विद्यार्थीहरुलाई विद्यालयसम्म पुर्याउन अभिभावक संग आग्रह गर्नुभयो ।
उहाँले विद्यार्थीहरुलाई पोशाक, कपि ,किताब नभएकै कारण विद्यालय जान नसकेको अवस्था भएमा गाउँपालिका सहयोग र समन्वय गर्न तयार रहेको बताउनुभयो ।

मदरसामा पढाईने पाठ्यक्रम र समयअवधि पर्याप्त नभएको भन्दै उहाँले मदरसालाई व्यबस्थित ढंगबाट मापदण्ड पुर्याएर संचालन गर्ने भएपनि शिक्षा शाखाले दर्ताको प्रक्रियामा अगाडी बढ्न सक्ने बताउनुभयो ।धार्मिक विद्यायललाई दर्ताका लागि अनिवार्य १० बजेदेखी ४ बजेसम्म कक्षा संचालन गरिनुपर्ने उहाँको भनाई थियो ।अधिकारकर्मी नाजवुन मियाँले आचरण , सोच र शैलीलाई परिर्वतन गर्न आवश्यक रहेको बताउनुभयो ।

छोरीहरुलाई शिक्षित बनाउन सकेमा समाजमा सकरात्मक परिर्वतन आउने भन्दै छोरी मात्रै नभई सबै वालवालिकालाई शिक्षा प्राप्तीको अधिकारलाई सुनिश्चित गराउन अभिभावकहरुको भुमिका महत्वपूर्ण हुने बताउनुभयो ।चन्द्र प्रभा माध्यमिक बिद्यालयका प्रधानाध्यापक भोलानाथ पौडेलले मुस्लिम समुदायमा बालबालिका पढाउने सवालमा पहिलेको तुलनामा परिर्वतन आएपनि अझै पर्याप्त नभएको बताउनुभयो ।
उहाँले हरेक बालबालिकालाई विद्यालय पोशाकमा नियमित विद्यालय पठाउन आग्रह गर्नुभयो ।विद्यालय प्रति मुस्लिम समुदायका अभिभावकहरुको चासो अत्यन्तै कम रहने गरेको भन्दै विद्यालय र बालबालिका बारे ध्यान दिन आग्रह गर्नुभयो ।

‘बालबालिका विद्यालय पुगे नपुगेको , कस्तो पढिरहेको छ भनेर अभिभावकहरुले चासो दिनुपर्छ’,उहाँले भन्नुभयो ।इन्सेक गण्डकी संयोजक शिव खकुरेलले संविद्यानमा रहेका शिक्षा , स्वास्थ्य र खाद्य अधिकारका विषयमा नागरिकहरुले बुझ्नुपर्ने बताउनुभयो ।उहाँले राज्यसंग आफ्ना अधिकार प्राप्तीका लागि माग गर्नुपर्ने बताउनुभयो ।

वडा नं ६ का वडासदस्य हर्क बहादुर गुरुङले शिक्षाको अधिकार बारे पछिल्ला दिनमा मुस्लिम समुदायमा सचेतना बढ्दै आएको भएपनि अझै पर्याप्त नभएको बताउनुभयो ।उहाँले नागरिक संस्था , स्थानिय सरकार मिलेर अधिकारका सवालमा सचेतना कार्यक्रमहरु निरन्तर संचालन गरिनुपर्ने बताउनुभयो ।

अन्तरक्रियामा अभिभावक गफारुद्धिन मियाँले विद्यालयले समयसमयमा अभिभावकहरुलाई सहितको बैठक गर्नुपर्ने धारणा राख्नुभयो ।
यस्तै नुर मियाँले बालवालिकाले कक्षा गर्ने व्यबहार प्रति शिक्षकहरुको चासो नरहने गरेको बताउनुभयो ।बालवालिका विद्यालय नपुगेको खण्डमा अभिभावकलाई खबर गरिदिन आग्रह समेत गर्नुभयो।

 

Comments
Loading...