सम्पादक दवाडी प्रेस सेन्टर कास्कीको अध्यक्षमा सर्वसम्मत

हिमाली आवाज । हिमाली आवाज साप्ताहिक तथा हिमाली आवाज डटकमका सम्पादक कृष्ण दवाडी प्रेस सेन्टर कास्कीको अध्यक्षमा सर्वसम्मत चयन हुनुभएको छ ।

प्रेस सेन्टरको बुधबार सम्पन्न पाँचौँ अधिवेशनले सम्पादक दवाडीको अध्यक्षतामा २१ सदस्सीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको छ ।
समितिको उपाध्यक्षमा दीनानाथ बराल र महिला उपाध्यक्ष शोभा बराल, सचिव पुष्पराज दाहाल, सह–सचिवमा सुरेसराज अधिकारी, सहसचिव (समावेशी) सविना राना थापामगर र कोषाध्यक्षमा सुशीला क्षेत्री चयन हुनुभयो ।

यसैगरी सदस्यहरुमा श्रीभद्र पौडेल, बलराम तिमिल्सिना, रविनाथ दाहाल, शेरबहादुर खत्री, विवेक भण्डारी, लिलाचन्द्र अधिकारी सरोज, प्रकाशचन्द्र गिरी, खगेन्द्र अर्याल, प्रकाश अधिकारी र बाबुराम सुवेदी रहनुभएको छ ।यसैगरी पोखरा महानगर संयोजकमा शिवराज बस्ताकोटी ‘शिवु दाई’,अन्नपूर्ण गाउँपालिका संयोजकमा श्रीभद्र पौडेल र रुपा गाउँपालिका संयोजकमा सुरेशराज अधिकारी रहनुभएको छ ।

अधिवेशनबाट केन्द्रीय प्रतिनिधिमा कोमलनाथ बराल, कुसुमकेशव पराजुली, नारायण भट्टराई, पदम रेग्मी, विश्वप्रकाश लामिछाने, विश्व सुवेदी, सन्देश श्रेष्ठ, निर्मला न्यौपाने, कृष्णमाया पोखरेल, रोशनी गुरुङ र दीपक परियार चयन हुनुभयो ।

यसैगरी प्रदेश प्रतिनिधिमा घनश्याम पाण्डे, विमल आचार्य, सविन जिसी, सुनिल पाण्डे, कमल गौली, कुमारी बुढा, राजेन्द्र खत्री, सन्तोष परियार, विनाकुमारी थापामगर, लक्ष्मण भण्डारी, सपना विक र लक्ष्मी सुनार चयन हुनुभयो । अधिवेशनको उद्घाटन शिक्षा विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले गर्नुभएको थियो । निर्वाचित समितिको हिजानै शपथ ग्रहण गराइएको थियो ।

Comments
Loading...