कास्कीको निर्मलपोखरीको दक्षिण भुगोलमा माओवादी केन्द्रको टोल कमिटी गठन

हिमाली आवाज । नेकपा (माओवादी केन्द्र) पोखरा– २१ द्वारा निर्मलपोखरीको गिरी गाउँमा दोश्रो टोल समिति गठन गरेको छ ।
वडा अधिवेशनको तयारीका लागि नेकपा माओवादी केन्द्र द्वारा पोखरा–२१ का विभिन्न ठाउँमा टोल कमिटी गर्न लागेको हो । भेलाले बिपशा गिरीको नेतृत्वमा १९ सदस्यीय कमिटी गठन गरेको छ ।

टोल भेला आयोजक समिति सदस्य हरिमाया गिरीले सञ्चालन गरेको कार्यक्रममा कार्यक्रमको अध्यक्षता वडा कमिटी सदस्य गोकुल गिरीले गर्नुभएको थियो भनें कार्यक्रमको उद्घाटन कार्यक्रमका प्रमुख अतिथि एवं पार्टीका गण्डकी प्रदेश सचिवालय सदस्य गंगा पोख्रेलले कार्यक्रमको ब्यानरमा हस्ताक्षर गरेर कार्यक्रम शुभारम्भ गर्नुभएको थियो । कार्यक्रममा बामपन्थि नेता गजराज गिरीले स्वागत मन्तव्य राख्नु भयको थियो।

पोखरा–२१ का नेपाल कम्युनिष्ट पार्टी वडा कमिटी अध्यक्ष पि.डि. सिग्देल, सचीव रेशम गिरी, पार्टी जिल्ला सल्लाहकार निर्मलबहादुर अधिकारी क्षेत्री, मुक्ति पोख्रेल, यवराज आचार्य महानगर कमिटि सदस्य द्वय शिव पौडेल , देवि अधिकारी,जिल्ला कमिटि सदस्य श्रीराम सुवेदी, प्रकाश पौडेल लगायतले शुभकामना मन्तव्य दिँदै पार्टीको विगतको भूमिकालाई मूल्यांकन गर्दै आगामी दिनमा पार्टीलाई अझ बढी जनता र समाजवादको निम्ति जोडदार ढंगले अघि बढ्नुपर्ने कुरालाई जोड दिनुभएको थियो ।

शुभकामना दिँदै कार्यक्रमका सबै वक्ताहरूले माओवादी आन्दोलनले स्थापित गरेका गणतन्त्र संघीयता र धर्मनिरेपक्षजस्ता मुद्दा लाई अन्य संसदवादी दलले अपहरण गरेको विश्लेषण व्यक्त गर्दै आगामी दिनमा पार्टीले आफ्ना मुद्दालाई लिएर अझ घनिभूत रूपले राष्ट्रिय राजनीतिमा उपस्थित हुनुपर्ने कुरालाई व्यक्त गर्नुभएको थियो । उक्त कार्यक्रममा वाईसियल जिल्ला स्वंयसेबक बिभाग प्रमुख भरत भट्टराई,शसिधर सुवेदी,गुरु सुवेदी,ज्वति गिरी लगायत नेताहरुको उपस्थिति रहेको थियो।

कार्यक्रमका प्रमुख अतिथि गंगा पोख्रेलले मन्तव्य दिँदै समसामयिक राजनीतिको व्याख्या गर्दै महानगर देखि वडासम्मको अधिवेशन सम्पन्नको निम्ति आगामी कार्तिक २५ गतेसम्म पार्टी सदस्यता नविकरण र मंसिर ४ भित्र वडा कमिटी अधिवेशन सम्पन्न गर्न निर्देशन दिनुभएको थियो । पार्टीले संगठित सदस्य १५ लाख र शुभचिन्तक र मतदाताको संख्या ३१ लाख पु¥याउने लक्ष्य लिएको जानकारी गराउँदै सो लक्ष्यमा पुग्नको निमित्त पार्टी र सबै जनवर्गीय संगठनलाई निर्देशन दिनुभएको थियो ।

नवनिर्वाचित कमिटीलाई कार्यक्रमका प्रमुख अतिथि गंगा पोख्रेलले पद तथा गोपनियताको सपथग्रहण गराउनुभएको थियो भनें नवनिर्वाचित टोल कमिटी बिपशा गिरीले स्थानीय स्तरमा रहेको अन्य दलको दबदबा तोड्ने गरि काम गर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको थियो । भेलाले बिपशा गिरीको अध्यक्षतामा १९ सदस्सीय कमिटी गठन गरेको छ । उपाध्यक्षमा सिवन गिरी, सचिब शोनिस गिरी, सहसचिब रिना गिरी र कोषाध्यक्षमा खेमकुमारी गिरी हुनुहुन्छ ।

यसैगरी सदस्यहरुमा ईन्द्र नेपाली, गजराज गिरी,चन्द्र बहादुर थापा,अनिसा गिरी,बिक्रम गिरी,पुर्णकला गिरी,तुलसी थापा मगर,तिलबहादुर गिरी,शुसिला गिरी,वसन्त भण्डारी र लालुमाया गिरी रहनुभएको छ । भेलाले आगामी मंसिर ४ गते प्रथम वडा अधिवेशन स्थान (फोक्सिङकोट कालिका मन्दिर प्राङ्गण) मा गर्ने निर्णय गरेको छ ।

Comments
Loading...