स्याङ्जामा श्रीमानको बन्चरो प्रहारबाट श्रीमति गम्भीर घाइते

हिमाली आवाज । बन्चरो प्रहारबाट स्याङ्जामा एक जना घाइते भएका छन् ।

आज दिउसो अन्दाजी ३ः०० बजेको समयमा बिरुवा गाउँपालिका–७ सुरुङ बस्ने वर्ष ४२ को हुम बहादुर थापाले आफ्नै श्रीमती ४० वर्षीया मिनामाया थापालाई बन्चरोले प्रहार गर्दा बायाँ कुम र ढाडमा चोट लागि घाईते हुनुभएको प्रहरीले जनाएको छ ।

थापालाई उपचारको लागि प्राथामिक स्वास्थ्य केन्द्र वालिङ स्याङ्जा पठाईएको र अवस्था गम्भीर रहेको प्रदेश प्रहरी कार्यालय पोखराले जनाएको छ ।

Comments
Loading...