पाराभेटेरिनरी एशोसिएसन कास्की अध्यक्षमा रानाभाट, सबै पालिकामा समिति (नामावली सहित)

हिमाली आवाज । नेपाल पाराभेटेरिनरी एण्ड लाभस्टक एशोसिएसन(नेल्भा) कास्कीको अध्यक्षमा दीपक रानाभाट सर्वसम्मत चयन हुनुभएको छ ।पोखरामा आज सम्पन्न १० औँ जिल्ला अधिवेशनबाट रानाभाटको अध्यक्षतामा १३ सदस्सीय समिति निर्विरोध निर्वाचित गरिएको हो ।

एशोसिएसनको उपाध्यक्षमा पूर्णभद्र गौतम, सचिव हिरामणी घिमिरे, सहसचिव सुमी गौतम र कोषाध्यक्षमा कैलाश प्रधानाङ्ग चयन हुनुभयो ।
सदस्यहरुमा शुष्मा ढुँगाना, लक्ष्मण विश्वकर्मा, दिनेश पोखरेल, सुवास सापकोटा,निशान श्रेष्ठ, बलबहादुर राना, जनार्दन पराजुली र शुष्मा न्यौपाने रहनुभएको छ ।

यसैगरी नेल्भा पोखरा महानगर समितिको अध्यक्षमा राजेन्द्र लामिछाने, उपाध्यक्ष माधव आचार्य, सचिव मधुकर सुवेदी, सहसचिव भीमबहादुर सुनार, कोषाध्यक्ष नवराज अधिकारी तथा सदस्यहरुमा सूर्य भण्डारी, विकास गौतम, नविन भण्डारी, इन्द्रप्रसाद केसी, शिशिर बराल र सुनिल सुवेदी रहनुभएको छ ।
यसैगरी मादी गाउँपालिकाको अध्यक्षमा सुवास सापकोटा, सचिव रबि बराल र सदस्यहरु विशाल सापकोटा, सन्दीप पाण्डे र सुदीप बराल हुनुहुन्छ ।

माछापुच्छ्रे गाउँपालिका अग्नीधर अधिकारी, उपाध्यक्ष गुणराज अधिकारी,सचिव खिमलाल अधिकारी र कोषाध्यक्ष ज्योती दवाडी तथा सदस्यहरुमा विपिन दवाडी, विष्णु दाहाल,मनोज पौडेल, सुदीप लम्साल र पुष्पराज पोखरेल हुनुहुन्छ ।

अन्नपूर्ण गाउँपालिका अध्यक्षमा ऋषिराम दाहाल,उपाध्यक्ष बुद्धिमाया लुइटेल शर्मा, सचिव बलबहादुर राना तथा सदस्यहरुमा राजुप्रसाद पौडेल,राजेन्द्र पौडेल,मिलन पौडेल र बलराम सुवेदी रहनुभएको छ ।

रुपा गाउँपालिकाको अध्यक्षमा निशान श्रेष्ठ, उपाध्यक्ष इश्वरी सुवेदी,सचिव विमल सुवेदी, कोषाध्यक्ष सूर्यभक्त खनाल तथा सदस्यहरुमा उमेश थापामगर, आनन्द न्यौपाने र विनिता ओझा घिमिरे चयन हुनुभयो ।

अधिवेशनले केन्द्रीय महाधिवेशन प्रतिनिधिहरुमा पुष्पराज सिग्देल, पुष्पराज बास्तोला, सतिश लामिछाने, बुद्धिप्रसाद अधिकारी, रामचन्द्र पौडेल, खिमलाल अधिकारी र गुणराज अधिकारीलाई चयन गरेको छ । नेल्भाको अधिवेशनको गण्डकी प्रदेशका सभामुख नेत्रनाथ अधिकारीले उद्घाटन गर्नुभएको थियो । सो अवसरमा विभिन्न व्यक्तिहरुलाई सम्मान गरिएको थियो । नेल्भाका जिल्ला अध्यक्ष नवराज अधिकारीको अध्यक्षतामा उद्घाटन समारोह सम्पन्न भएको थियो ।

Comments
Loading...