पोखरा महानगरको वडा नं १४, १९ र २५ मा माओवादी केन्द्रको वडा कमिटी निर्वाचित

हिमाली आवाज । नेपाल कम्युनिष्ट पाटी( माओबादी केन्द्र ) पोखरा महानगरपालिका वडा नं २५ हेमजा को प्रथम वडा अधिवेसनबाट महादेव अधिकारी अध्यक्षमा सर्वसम्मत चयन हुनुभएको छ । वडा कमिटी ४५ सदस्सीय छ ।

कमिटीको उपाध्यक्षमा सुरेश सापकोटा, सचिव बिष्णु बास्तोला ,सहसचिव कल्पना अधिकारी तिमिल्सिना र कोषाध्यक्षमा बलराम पराजुली चयन हुनुभयो ।अधिवशेनका अवसरमा जनयुद्धमा सहिद, हिरासत जेल र हेमजामा माओवादी आन्दोलनका संस्थापक र अग्रगहरुलाई सम्मान गरिएको थियो ।
माओवादी केन्द्र पोखरा १४को अध्यक्षमा कंडेल
नेकपा माओवादी केन्द्र पोखराको प्रथम अधिवेशनले शिवराज कंडेलको अध्यक्षतामा ४५ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्त चयन गरेको छ । समितिको उपाध्यक्षमा दुर्गा पोखरेल,सचिवमा फणिन्द्रमान विक,कोषाध्यक्षमा रमेश बयलकोटी र सहसचिवमा कृष्ण प्रसाद अधिकारी चयन हुनुभएको हो ।

यसै विच आजै अनेमसंघ पोखरा १४को अध्यक्षमा पार्वती सापकोटा निर्वाचित हुनुभएको छभने समितिको उपाध्यक्षमा चन्दकला छिमाल,सचिवमा जिनिता राई सहसचिवमा मिराप्रिय तामाड्। र कोषाध्यक्षमा कविता थापा रहनुभएको छ। यस्तै वाईसीएल १४को अध्यक्षमा राजन भण्डारीको अध्यक्षतमा १५ सदस्यीय नयाँ समिति निर्वाचित भएको छ ।

 

पोखरा वडा नं १९ मा बास्तोला
नेपाल कम्युनिस्ट पर्टी माओबादी केन्द्र को पोखरा महानगरपालिका वडा नं १९ को आज सम्पन्न प्रथम अधिवेशनबाट अध्यक्षमा निर्मलप्रसाद बास्तोला निर्विरोध निर्वाचित हुनुभएको छ । बास्तोलको अध्यक्षतामा ४२ सदस्सीय वडा कमिटी निर्वाचित गरिएको छ । यसैगरी उपाध्यक्षमा दर्शन पौडेल, सचिव निलकण्ठ आचार्य, कोषाध्यक्ष अम्बिका ढुँगाना र सहसचिव नरेश कुमार श्रेष्ठ चयन हुनुभयो ।

 

Comments
Loading...