प्रहरी हिरासतभित्रै वृद्धाको मृत्यु

बझाङ । जिल्ला प्रहरी कार्यालयको हिरासतमा रहेकी एक वृद्धाको मृत्यु भएको छ ।

केदारस्युँ गाउँपालिका–२ की ७७ वर्षीया विष्णुदेवी रावल हिरासत कक्षमै बेहोस भएपछि अस्पताल लैजाने क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । आज बिहान एक्कासि बेहोस भएकी रावललाई जिल्ला अस्पताल सिमखेत लैजाँदै गर्दा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख ज्ञानबहादुर बिष्टले बताउनुभयो ।

उहाँका अनुसार बिहान चिया खाने क्रममा रावल बेहोस हुनुभएको थियो । उहाँलाई अस्पताल पुर्याएलगत्तै चिकित्सकले मृत घोषित गरेका थिए । रावल र उहाँका छोरा जयबहादुर कर्तव्य ज्यान मुद्दामा गत कात्तिक २० गतेदेखि प्रहरी हिरासतमा थिए । जयबहादुरकी श्रीमती कात्तिक ७ गते झुण्डिएको अवस्थामा मृत फेला परेकी थिइन् ।

Comments
Loading...