माओवादी केन्द्रका जिल्ला इञ्चार्ज बन्जाडेको सवारी दुर्घटनामा मृत्यु

हिमाली आवाज । नेपाल कम्युनिष्ट पार्टी(माओवादी केन्द्र)का केन्द्रीय सदस्य तथा रुपन्देही जिल्ला इञ्चार्ज रामप्रसाद बन्जाडेको सवारी दुर्घटनामा परी मृत्यु भएको छ ।

पार्टी कामको सिलसिलामा दाङबाट बुटवल फर्कने क्रममा रुपन्देहीको जितगढीमा गएराति बसले ठक्कर दिंदा गम्भीर घाइते भएका बन्जाडेको उपचारको क्रममा आज बिहान निधन भएको हो । ठक्कर दिने बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।बञ्जाडे अखिल (क्रान्तिकारी)को पूर्व महासचिव समेत हुुुनुहुन्थ्यो ।

Comments
Loading...