पोखरामा मंसिर १९ देखी टिभिएसको ग्राण्ड एक्सचेञ्ज, साटफेरमा छुटैछुट

हिमाली आवाज । पोखरामा मंसिर १९ देखी २३ गतेसम्म टिभिएस मोटरसाइकल तथा स्कुटरहरुको ग्राण्ड एक्सचेञ्ज कार्यक्रम हुने भएको छ ।

टिभिएसको गण्डकी धौलागिरीको आधिकारिक बिक्रेता बतास ब्रदर्श प्रालिले एक्सचेञ्ज कार्यक्रम राखेको हो । टिभिएसका बिक्री प्रवन्धक सन्तोष पोखरेलका अनुसार एक्सचेञ्जमा बजारमुल्य भन्दा थप रु १० हजार नगदको व्यवस्था गरिएको छ ।

त्यसैगरी रु आठ हजार नगद छुट समेत छ । यसैगरी शुन्य ब्याजदरमा फाइनान्स सुविधा, निःशुल्क एसोसरिज तथा मासिक ५ हजार ९९९ किस्ता को अफर रहेको छ ।

पोखरेलले भन्नुभयो,“गण्डकी प्रदेशमा टिभिएसका जुनसुकै मोडल ग्राहकको रोजाईमा छन् । यस क्षेत्रमा अग्रणी स्थानमा रहेको टिभिएसले ग्राण्ड एक्सचेञ्ज मेलामार्फत बजार विस्तारमा सघाउ पुग्ने विश्वास लिएका छौँ, एक्सचेञ्ज कार्यक्रमबाट फाइदा लिन आम ग्राहकवर्गमा अनुरोध समेत छ।”

Comments
Loading...