पोखरामा ‘आइटिएफ वल्र्ड टेनिस सर्किट–२’ सुरु

हिमाली आवाज । कास्की जिल्ला टेनिस सङ्घको आयोजनामा पोखरामा आजदेखी ‘आइटिएफ गल्र्स÷ब्वाईज यू–१८ वल्र्ड ¥याङकिङ टेनिस टुर जे–५ सर्किट–२’ का खेलहरु सुरु भएका छन् ।

टेनिस खेलको सर्वोच्च नियमनकारी निकाय अन्तर्राष्ट्रिय टेनिस महासङ्घसँगको सहकार्यमा जिल्ला टेनिस सङ्घले पोखरा रङ्गशालास्थित टेनिस कम्प्लेक्समा आयोजना गरेको सर्किट–१ को समापनपछि सोमबारदेखी सर्किट–२ सुरु भएको हो ।
पहिलो दिनको खेलमा महिला तथा पुरुष दुबैतर्फ गरी एकलतर्फ २० र डबल्सतर्फ चार खेल सम्पन्न भएकामा नेपाली खेलाडीहरुले मिश्रित प्रदर्शन गरेका छन् ।

पुरुषतर्फ नेपालका शीर्ष वरियताका खेलाडी आरभ सम्राट हाडा र महिलातर्फ दोश्रो वरियताका सलोनी तामाङ र सुभाङ्गी लक्ष्मी राणाले एकलतर्फ जीत निकाल्न सफल हुनुभयो ।

आरभले भारतका आर्या भट्टाचार्यलाई ६–३ र ६–४ को सोझो सेटमा पराजित गर्नुभयो भने सलोनीले भारतका सोहनी सञ्जय मोहनीलाई टाइव्रेकरमा ६–०, (६–७) र ६–१ ले पराजित गर्दा सुभाङ्गीले बेल्जियमका मिया क्रेस्तेवालाई टाइव्रेकरमा ४–६, ६–२ र ६–३ ले पराजित गर्नुभयो ।
एकलतर्फको २० खेलबाट महिला र पुरुषतर्फ आठ÷आठ जना गरी १६ नेपाली खेलाडी पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएका छन् ।
सर्किट–२ मा नेपाल सहित ११ देशका महिला र पुरुष गरी ८८ खेलाडीको सहभागिता रहेको आइटिएफ प्रतियोगिता निर्देशक अजय विष्टले जानकारी दिनुभयो । प्रतियोगिता यही मङ्सिर २५ गतेसम्म सञ्चालन हुनेछ ।

विजेता खेलाडीले स्वर्ण र रजत पदक प्राप्त गर्नेछन् भने प्रत्येक खेलमा विजयी भए पश्चात अन्तर्राष्ट्रिय टेनिस महासङ्घ(आइटिएफ) बाट ¥याङकिङ् (अङ्क) प्राप्त गर्ने कास्की जिल्ला टेनिस सङ्घका सचिव नविन श्रेष्ठले जानकारी दिनुभयो । खेलाडीहरुले अङ्कका लागि प्रतिस्पर्धा गर्नेछन् । प्रतियोगिताबाट प्राप्त अङ्कबाट खेलाडीको बरियता तय हुने बताइन्छ ।

यसअघि गत शनिबार सम्पन्न सर्किट–१ अन्तर्गतको प्रतियोगितामा महिला एकलतर्फ नेपालका सलोनी तामाङ र पुरुषतर्फ स्वीडेनका इमिलियो जियोलेस्कीले उपाधि जित्न सफल हुनुभएको थियो ।

यसैगरी महिला डबल्सतर्फ नेपालका अभिलाषा विष्ट र सलोनी तामाङको जोडी र पुरुषतर्फ अमेरिकाका सिद्धार्थ लामा र मेथ्री ब्यारोटको जोडीले उपाधि उचालेको थियो ।

Comments
Loading...