धम्पुसका माओवादी केन्द्रका ज्येष्ठ संगठित सदस्यको निधन

हिमाली आवाज । नेपाल कम्युनिष्ट पार्टी(माओवादी केन्द्र) माछापुच्छ«े गाउँपालिका–७ धम्पुसका ज्येष्ठ संगठित सदस्य बेलबहादुर विकको निधन भएको छ ।

धम्पुस ,भंयर बराह टोल निवासी ८२ वर्षीय विकको हिजो आफ्नै निवासमा निधन भएको हो । स्वर्गीय विकको पार्थिव शरीरमा माओवादी केन्द्र माछापुच्छ«ेका निर्वतमान अध्यक्ष बैकुण्ठ भण्डारीले पार्टीको झण्डा ओडाएर श्रद्धाञ्जली व्यक्त गर्नुभएको हो ।

स्व. विक विभिन्न शैक्षिक तथा सामाजिक गतिविधिमा संलग्न हुनुहुन्थ्यो । मृतकक विकका पाँच छोरा र एक छोरी छन् । माओवादीले विकको निधनबाट पार्टीलाई क्षति पुगेको जनाएको छ ।

Comments
Loading...