पोखरा बेशी बहुउद्देश्यीय सहकारीको तेस्रो साधारणसभा

हिमाली आवाज । पोखरा महानगर पालिका वडा नं २, बागलुङ बसपार्क माअवस्थितपोखराबेसि बहुउद्देश्यीय सहकारी संस्थाको तेस्रो बार्षिक साधारण सभा शनिबार सम्पन्न भएको छ ।

अधिबेशनको उद्घाटन गर्दै पोखरा महानगर पालिका वडा न ६ का वडा अध्यक्ष जगत बहादुर पहारीले सहकारीको महत्व जति दुरदराजका गाउँका मानिसहरुमा छ, शहर बजारमा कम भएको बताउँदै संचालकहरुले सहकारीको उद्देश्य सिद्धान्तमा रहेर कार्यक्रम सञ्चालन गर्नुपर्ने बताउनुभयो । गाउँघरमा छोरा छोरी पढाउन देखी विदेश पठाउन पनि सहकारीको भर पर्ने गरेको बताउदै, सहकारीले आफ्ना सदस्यहरुको सहयोगका लागि नयाँ योजना ल्याउन पर्नेमा जोड दिनुभयो ।

पोखरा महानगर पालिका वडा न १८ का वडा अध्यक्ष रण बहादुर थापाले महानगरले सहकारीलाई ब्यवस्थित बनाउनका लागि सहकारी ऐन र नियमावली ७५ र ७६ जारी गरेको समेत जानकारी दिनुभयो । सहकारीलाई सफल र सक्षम बनाउनका लागि सम्र्पूण सदस्यहरुले आफ्नो सहकारीमा कारोबार गर्ने उहाँले आग्रह गर्नुभयो ।

पोखरा महानगर पालिका वडा न २ अध्यक्ष तथा सल्लाहकार रामेश्वर मल्लले सहकारीले निम्न आर्थिक स्तर भएका सदस्यहरुको जिवन स्तर उकास्न सके मात्र सहकारीको महत्व बढ्ने बताउनुभयो ।

कास्की बचत तथा ऋण सघंका निबर्तमान अध्यक्ष सुदीप ढकालले सस्थाका शेयर सदस्यहरुले सहकारीले दिएको बोनस लाई मात्र महत्व दिन नहुने बताउँदै सहकारीले शेयर सदस्यहरुको बचत रकम कस्तो क्षेत्रमा लगानि गरेको छ, भन्दै लगानीको बारेमा पनि शेयर सदस्यलाई बुझ्न आग्र्रह गर्नुभयो ।

सहकारीका अध्यक्ष नारायण पहारीले सहकारीले सदस्यहरुको मनो भावनाअनुरुप नै काम गरेको बताउदै, सदस्यहरुको आर्थिक स्तर बृद्धि गर्ने, नयाँ कार्यक्रमहरु ल्याइने प्रतिवद्धता जनाउनुभयो ।

सहकारीको माध्यमबाट गाउँको र शहरको सम्वन्ध जोड्ने र गाउँको उत्पादनलाई शहरमा ल्याइ शहरको पूँजीलाई गाउँमा लैजानुका साथै शहरमा बस्ने ब्यक्तिहरुलाई सुलभ स्वास्थ बस्तु उपभोग गर्ने बाताबरण सृृजना गरी सदस्यहरुको सुखी समृद्ध बनाउने आफ्नो परिकल्पना रहेको बताउनुभयो । अध्यक्ष पहारीले बर्ष २०७८÷८९ लाई मौरी बर्षको रुपमा लिई मौरी सम्बन्धि तालिम,वितरण, उत्पादन र बजार ब्यबस्थापन सम्मको कार्य गर्ने योजना सार्वजनिक गर्नुभयो ।

विसं २०७५ सालमा स्थापना भएको सहकारीमा ३ करोड ९२ लाख ५७हजार शेयर पुजि रहेको छ । ८ करोड ९८ लाख ३२लाख भन्दा बढी लगानी गरेको सहकारीमा हालसम्म १ हजार १ सय १५जना शेयर सदस्य रहेका छन ।

सहकारीले समाजिकउत्तर दायित्व अन्तर्गत ठाउँ ठाउँ सरसफाइ गर्ने गरेको र कोभिड १९ बाट परिवारका सदस्यहरु गुमाउनु भएका शेयर सदस्यहरुलाई सहयोग तथा सहुलियत ऋण प्रदान गरेको छ ।सदस्य ममत पराजुलीले सात सिद्धान्त वाचन गरी सुभारभ्भ गरिएको कार्यक्रममा उपाध्य दयाल गिरीले स्वागत मनतब्य राख्नुभयो ।

अध्यक्ष नारायण पहारीको अध्यक्षतामा भएको कार्यक्रममा सल्लाहकार दिवसमान प्रधानङ, ग्रिन डेभलपमेन्ट बैङ बाग्लुङ बसपार्कशाखाका प्रमुख पदमराज अधिकारी ,शिव तिमिल्सिना सहकारी अभियानकर्ता दीपक अधिकारी, पोखरा विश्वविद्यालयका प्राध्यापक दीपेन्द्र पहारी र सचिब कृष्णप्रसाद तिमिल्सिना लगाएतका बक्ताहरुले छोटो अवधिमा नै संस्थाले गरेको प्रगतिको प्रशंसा गर्नुभयो ।

कार्यक्रममा सहकारीलाई सहयोगर्ने, असल ऋणी, नियमित बचत कर्ता र असलक र्मचारी लाई सम्मान गरिएको थियो ।
सचिब कृष्णप्रसाद तिमिल्सीनाको प्रगति प्रतिबेदन र कोषाअध्यक्ष राजु बरालले प्रस्तुत गरेको आर्थिक प्रतिबेदन सभामा सर्वसम्मत पारित भएको छ ।

Comments
Loading...