पोखरा महोत्सवको तयारी तीव्र,पर्यटन सम्बन्धी स्टल निःशुल्क

हिमाली आवाज । युनाइटेड क्लबको आयोजनामा पोखराको अमरसिँहचौरमा आगामी पुस २७ देखी माघ ९ गतेसम्म सञ्चालन हुने पोखरा महोत्सवको तयारी तीव्र पारिएको छ ।क्लबले आज पोखरामा पत्रकार सम्मेलन आयोजना गरी महोत्सवको तयारीका लागि विभिन्न उपसमिति गठन गरी काम अघि बढाइएको जनाएको छ ।

देशको कला, संस्कृति, भेष–भुषाको संरक्षणमा टेवा पु¥याउनु र शिक्षा, स्वास्थ्य, खेलकुद तथा पर्यटनको विकास गरी देशलाई समृद्धि तिर लैजानु महोत्सवको प्रमुख उद्धेश्य रहेको क्लबका अध्यक्ष राजु श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार पोखरा क्षेत्रको पर्यटकीय स्थानको बारेमा जानकारी दिनुका साथै आन्तरिक तथा वाध्य उत्पादित वस्तुको बजार सहजीकरण गराउनु र कलाकारहरुको प्रतिभा प्रस्फुटनमा सहयोग पु¥याउँदै आर्थिक चलायमन गराई रोजगार सृजना गर्ने लक्ष्य महोत्सबबाट राखिएको छ ।

महोत्सवमा विभिन्न जाति, जनजातिका कला संस्कृतिको प्रदर्शनी, औधोगिक उत्पादनको प्रदर्शनी एवं बिक्री,हस्तकला सामानहरुको प्रदर्शनी एवं बिक्री,सूचना प्रविधीहरुको प्रदर्शनी एवं जानकारी,व्यवसायीक संघ सस्थाहरुको सेवा बारे जानकारी,स्थानीय राष्ट्रिय तथा अन्तराष्ट्रिय उपभोग्य बस्तुहरुको प्रदर्शनी तथा उचित मुल्यमा बिक्री वितरण,पर्यटन प्रवद्र्धनका सामाग्रीहरुको प्रदर्शनी एवं जानकारी,पोखरा लगायत विभिन्न पर्यटकीय स्थलहरुको जानकारी,सामाजिक संस्थाहरुको परिचय एवं जानकारी र नेपाली संस्कृति झल्किने नृत्य प्रस्तुती महोत्सवका आकर्षण रहेका छन् ।

त्यसैगरी राष्ट्रिय स्तरका कलाकारहरु द्धारा दोहोरी गीत प्रस्तुती,राष्ट्रिय तथा अन्तरराष्ट्रिय व्याण्डहरुको लाइभ कन्सर्ट,हांस्य ब्यङ्ग्य प्रस्तुती,उत्कृष्ट स्टललाई पुरस्कार,नेपाली संस्कृति झल्कने प्रस्तुती, चमेना गृहको ब्यवस्था,बाल उद्यान र प्रदेश स्तरीय लोक दोहोरी गीत प्रतियोगीता आकर्षणका रुपमा रहेको क्लबका महासचिव एवं प्रचार प्रसार संयोजक शान्तबहादुर थापाले बताउनुभयो ।

महोत्सवको आम्दानीबाट गरिब तथा जेहेन्दार बिद्यार्थीहरुको शिक्षाको लागी १२ वटा सामुदायिक विद्यालयहरुमा छात्रवृत्ति कोषको स्थापना गरिएको क्लबले जनाएको छ ।त्यसैगरी आर्थिक अभाव भर्ई स्वास्थ्य लाभ लिन नसकेका तथा ग्रामीण क्षेत्रलाई लक्षित गरी स्वास्थ शिविर राखी जनसमुदायलाई प्रत्यक्ष स्वास्थ्य लाभ दिने कार्यक्रमहरु सञ्चालन गरिएको बताइन्छ ।

क्लबका अध्यक्ष श्रेष्ठले हालसम्म चिडियाखाना निर्माणको लागी पोखरा महोत्सवको अयोजना गरी रु ५५ लाख ८५ हजार नगद प्रदान गरिएको जानकारी दिनुभयो ।महोत्सवमा वृद्धवृद्धा, एकल महिला, पत्रकार ,सुरक्षा निकायका सुरक्षाकर्मीहरुलाई (पोषाक अनिवार्य) वनका कार्मचारीलाई निःशुल्क प्रवेशको व्यवस्था मिलाइएको छ ।

साथै पर्यटन प्रर्वद्धन ,प्रर्यटकिय स्थानको जानकारी दिने स्टललाई निःशुल्क स्टल उपलब्ध गराएका गरिएको बताइन्छ । महोत्सवमा २४७ वटा स्टल रहने भएकामा सम्पूर्ण बुकिङ भैसकेकोे जनाइएको छ ।

Comments
Loading...