निर्वाचन मार्फत माओवादीद्धारा नेतृत्व चयन,प्रदेश अध्यक्षमा नेम्वाङ विजयी

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) प्रदेश १ कमिटीको अध्यक्षमा हर्कबहादुर नेम्वाङ विजयी हुनुभएको छ ।

बुधबार राति अवेर सम्पन्न निर्वाचनमा अध्यक्षमा नेम्वाङले १६९ मत ल्याउँदा उहाँका प्रतिस्पर्धी मुक्साहाङ मेन्याङ्बोले ६४ मत मात्रै ल्याउनुभयो । तीन जना उपाध्यक्षमा मणिकुमार साम्पाङ १११, देवान चाम्लिङ १२० र शिवकुमार डाँगी ११३ मत ल्याएर विजयी हुनुभयो । सचिवमा गणेश उप्रेती १४८ मत ल्याएर विजयी बन्दा प्रतिस्पर्धी सिपी कडरियाले ८३ मत ल्याउन सफल हुनुभयो ।

तीन सहसचिवमा कुमारी राई ११४, सागर किराँती ७३ र ऋषिराम ढुंगाना ९५ मतल्याएर विजयी हुनुभयो । कोषाध्यक्षमा ९३ मतका साथ रेवतराज पुरी विजयी हुनुभएको निर्वाचन समितिका संयोजक राजन किराँतीले जानकारी दिनुभयो ।

Comments
Loading...