नेपाललाई एसियन सेन्ट्रल जोन महिला भलिबलको उपाधि

हिमाली आवाज । नेपालले उज्वेकिस्तानलाई पराजित गर्दै एसियन सेन्ट्रल जोन महिला भलिबल च्याम्पियनसिपको उपाधि जितेको छ ।

बङ्गलादेशको ढाका मिरपुरस्थित शाहिद शुरवार्दी इन्डोर स्टेडियममा आज भएको खेलमा नेपालले उज्वेकिस्तानलाई ३–२ को सेटमा पराजित गर्दै उपाधिमाथि कब्जा गरेको हो । यो नेपालको दोस्रो अन्तर्राष्ट्रिय उपाधि समेत हो ।

नेपालले उज्वेकिस्तानमाथि २६–२४, २४–२६, २५–१५, २२–२५ र १५–१० ले जित्न सफल भयो । नेपालले पहिलो सेट २६–२४ ले जितेको थियो भने दोस्रो सेटमा उज्वेकिस्तान विजयी भयो । उज्वेकिस्तान २६–२४ ले विजयी भयो ।

त्यसैगरी तेस्रो सेटमा नेपालले २५–१५ ले जित्यो । चौथो सेट उज्वेकिस्तानले २५ –२२ ले जित्दा खेल २–२ को स्थितिमा आयो । त्यसपछि खेलको पाँचौँ तथा निर्णायकमा नेपाले १५–१० ले आफ्नो पक्षमा पार्दै उपाधिमाथि कब्जा जमाउन सफल भयो ।

Comments
Loading...