लेखापढी कानून व्यवसायीको सेवा पारदर्शि हुनुपर्दछ:मन्त्री थापा

हिमाली आवाज । गण्डकी प्रदेश सरकारका कानून, संचार तथा प्रदेश सभा मामिला मन्त्री विन्दु कुमार थापाले लेखापढी कानून व्यवसायीहरु सेवाग्राही प्रति उत्तरदायी हुन आवश्यक रहेको बताउनुभएको छ ।

नेपाल लेखापढी कानून व्यवसायी एसोसियसन जिल्ला कार्यसमिति कास्कीको १६ औं साधारण सभा तथा ८ औं अधिवेशनमा बोल्दै मन्त्री थापाले लेखापढी कानून व्यवसायीहरुले जनतालाई सहज रुपमा सेवा उपलब्ध गराउनुपर्ने धारणा राख्नुभयो ।

उहाँले लेखापढी कानून व्यवसायीहरुले जनतालाई दिने सुविधा पारदर्शी हुनुपर्ने आवश्यकतालाई औंल्याउनुभएको छ ।‘लेखापढी कानून व्यवसायीहरु निष्ठावान भएको खण्डमा जनताले प्राप्त गर्ने सुविधा पारदर्शी हुन्छ’,उहाँले भन्नुभयो,‘जनता पहिले सिधै लेखापढी कानून व्यवसायीहरुसँग ठोकिने हुँदा आर्थिक लोभ बिनानै सेवा गर्नुपर्ने आवश्यकता छ ।’

Comments
Loading...