नेलम्बो नेपालद्धार पत्रकार महासङ्घ कास्कीलाई स्वास्थ्य सामग्री सहयोग

हिमाली आवाज । स्वास्थ्य तथा वातावरणका क्षेत्रमा काम गर्दै आएको नेलम्बो नेपाल पोखराले कोभिड–१९ को तेस्रो लहर ओमिक्रोनको विषम् परिस्थितिमा अग्रभागमा खटिने सञ्चारकर्मीहरुका लागि स्वास्थ्य सामग्री सहयोग गरेको छ ।नेपाल पत्रकार महासङ्घ कास्की शाखालाई नेलम्बो नेपालले मास्क, सेनिटाइजर लगायतका स्वास्थ्य सामग्री प्रदान गरेको हो ।

महासङ्घमा आज आयोजित एक कार्यक्रममा नेलम्बोका जनसम्पर्क अधिकृत भीमप्रसाद भण्डारीले कास्की शाखाका उपाध्यक्ष रामप्रसाद तिमिल्सिनालाई स्वास्थ्य सामग्री हस्तान्तरण गर्नुभयो । नेलम्बोले डिस्पोजिवल मास्क आठ हजार २५० पिस र केएन ९५ मास्क ५५० पिस पत्रकारहरुका लागि उपलव्ध गराएको छ ।

कोरोना महामारीका समयमा जोखिम बहन गर्दै कार्य क्षेत्रमा खटिएका सञ्चारकर्मीहरुलाई स्वास्थ्य सावधानी अपनाएर सत्य, तथ्य र निश्पक्ष समाचार सङ्कलन गर्न सहज होस् भन्ने हेतुले स्वास्थ्य सामग्रीहरु सहयोग गरिएको जनसम्पर्क अधिकृत भण्डारीले बताउनुभयो ।

नेलम्बोले यसअघि कोरोनाको पहिलो लहर तथा दोस्रोमा पनि पत्रकाररुका लागि स्वास्थ्य सुरक्षाका सामग्रीहरु हस्तान्तरण गरिसकेको छ ।

Comments
Loading...