पोखराको न्यूरोडमा खुल्यो इलेक्ट्रोनिक्स सामानको टेक्सटुडियो

हिमाली आवाज । पोखराको न्यूरोडमा इलेक्ट्रोनिक्स सामानको खुद्रा स्टोर टेक्सटुडियो खुलेको छ । विद्यूतिय र जीवनशैली उत्पादनमा आधारित फ्रेन्चाइज कम्पनी टेक्सटुडियोको आज एक कार्यक्रमकाबीच नेपाल युवा उद्यमी मञ्च पोखरा च्याप्टरका अध्यक्ष सुनिलबहादुर भट्टराईले उद्घाटन गर्नुभयो ।

युवा उद्यमीद्धय देबेन्द्र जोशी र निरञ्जन श्रेष्ठको संयुक्त लगानीमा सो स्टोर सञ्चालनमा ल्याइएको हो । टेक्सटुडियोको लगानी रु एक करोड रहेको सञ्चालनक जोशीले जानकारी दिनुभयो ।

उहाँका अनुसार स्टोरमा उपभोक्ताहरुलाई स्टुडियाको अनुभव प्रदान गरिनेछ । जसबाट उपभोक्ताले अन्य उत्पादनसँग तुलना गर्न सकुन् भन्ने विश्वास लिइएको जोशीले बताउनुभयो ।

स्टोरमा हाइफ्युचर, रिम्याक्स ,हेको र बिबु ब्राण्डका इलेक्ट्रोनिक सामानहरु पाइनेछ । उद्घाटनका अवसरमा सामान खरीदमा नगद छुट र उपहारहरुको व्यवस्था गरिएको सञ्चालक श्रेष्ठले जानकारी दिनुभयो ।

Comments
Loading...