मादीमा नेकपा(एकीकृत समाजवादी)को पालिका कमिटी गठन, अध्यक्षमा सापकोटा चयन

हिमाली आवाज । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)ले कास्कीको मादी गाउँपालिकामा पालिका कमिटी गठन गरेको छ ।

गाँउपालिकाको आज सम्पन्न भेलाले घननाथ सापकोटाको अध्यक्षतामा ३५ सदस्यीय गाँउपालिका कमिटी गठन गरेको हो । उक्त कमिटीको उपाध्यक्षमा साजन तामाङ, सचिव दुर्गा भुजेल र उपसचिव दुर्गा थपलिय चयन हुनुभयो ।

भेलालाई सम्वोधन गर्दै कार्यक्रमका प्रमुख अतिथि नेकपा (एस) का स्थायी कमिटी सदस्य तथा पुर्वमन्त्री तुलबहादुर गुरुङले जनताको पक्षमा ईमान्दार साथ कृयाशिल भएर समाजवादको लक्ष्य भेट्टाउने गरी काम गर्न नेता कार्यकर्तालाई आग्रह गर्नुभयो ।

कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य कृष्ण नेपाली, प्रदेश सदस्य नवराज पहारी, विष्णु भट्टराई, जिल्ला उपसचिव पुर्ण लामा, डिवी राई, जिल्ला कमिटिका सदस्यहरु जितवहादुर सुनार, महेन्द्र गुरुङ, माधव तिवारी, विनोद बराल, तिलक विक, रविन्द्र पौडेल, दधिराम पौडेल, रवि पन्त लगायतले संविधान विपरित अल्पायुमै संसद विघटन गर्ने, पार्टीलाई सामुहिकतामा नभइ व्यक्तिवादी सोचवाट प्रेरित भइ संचालन गर्न खोज्ने प्रवित्ति बढ्दै गएकाले तत्कालीन एमालेबाट विद्रोह गरी नेकपा (एकिकृत समाजवादी) गठन गरिएको बताउनुभएको थियो ।

नेकपा (एस) मादी पालिका संयोजक घननाथ सापकोटाको अध्यक्षतामा सम्पन्न भेलामा स्वागत काशीनाथ अधिकारीले गर्नुभयो भने संचालन साजन तामाङले गर्नुभएको थियो । भेलाले मादी गाँउपालिकाको १२ वटै वडामा संगठन विस्तार गर्ने गरी योजना बनाएको अध्यक्ष सापकोटाले जानकारी दिनुभयो ।

Comments
Loading...