चुनावी बाचा पूरा गर्दै अर्थमन्त्री बराल, सार्दिखोला र घाचोक जोड्ने बन्ने भयो पक्की पुल

हिमाली आवाज । विसं २०७४ मा नेपालको इतिहासमा पहिलो पटक प्रदेश सभाको निर्वाचन भयो ।संघ र प्रदेश सभाको एकैपटक गरिएको निर्वाचनमा एमाले र माओवादी संयुक्त रुपमा  बामगठबन्धन गरेर चुनाव लडे । बामगठबन्धन तर्फबाट कास्कीको निर्वाचन क्षेत्र नं ३ को प्रदेशसभा १ मा माओवादी केन्द्रका रामजी प्रसाद बराल उम्मेदवार हुनुहुन्थ्यो । प्रदेशसभाको सो निर्वाचन क्षेत्रमा माछापुच्छ्रे गाउँपालिकाका पूरै नौ वडा र पोखरा महानगरका छ गरी १५ वडा छन् ।

माछापुच्छ्रेका सार्दिखोला र घाचोकका जनताको चुनावमा उम्मेदवारसँग माग रहन्थ्यो, रातोपानी रातोपानीमा सेती नदीमाथि पक्की मोटर हिँड्ने पुल । विशेषगरी रातोपानीमा पुल नहुँदा सार्दिखोलाका स्थानीय गाउँपालिका पुग्न समेत पोखरा हुँदै जानुपर्ने बाध्यताका कारण उनीहरुले उम्मेदवारसँग एउटै माग दोहो¥याइरहे रातोपानीमा पुल चाहियो ।

सार्दिखोला र घाचोकलाई जोडन्  सेतीमाथि रातोपानीमा झोलुङ्गे पुल भएपनि मोटरेवल पुन नहुँदा जनतालाई सास्ती थियो । निर्वाचनमा उम्मेदवार बनेर घरेदैलोमा जाँदा रातोपानी पुलको जनताको माग पूरा गर्ने प्रतिवद्धता जनाउनुभएका बराल निर्वाचनमा विजयी बन्नुभयो । अहिले प्रदेश सरकारको महत्वपूर्ण अर्थमन्त्रालयको जिम्मेवारीमा रहनुभएका बरालले चुनावी बाचा पूरा गर्दै रातोपानी पुल बन्नुपर्ने जनताको माग सुनुवाई गर्दै आफ्नो चुनावी बाचा समेत पूरा गर्नुभयो ।  शनिबार शिलान्यास गरिएपछि अर्थमन्त्री बरालको चुनावी बाचा पूरा हुने निश्चित भएको हो । पुलको केही समयदेखी सुरुआती काम भइरहेको छ ।

माछापुच्छ्रेका वडा नं २ सार्दिखोला र वडा नं ३ घाचोक जोड्ने गरी प्रदेश सरकारको रु १० करोड ४३ लाख लागतमा पुल निर्माणको काम सुरु गरिएपछि स्थानीयवासी उत्साहित भएका छन् ।पुल शिलान्यास गर्दै अर्थमन्त्री बरालले गाउँपालिकाका सार्दिखोला, घाचोक, लाहाचोक र साविक माछापुच्छ«े गाविसका नागरिकहरुका लागि अत्यावश्यक सो पुल प्रदेश सरकारले प्राथमिकतामा राखेर योजना कार्यान्वयन सुरु गरेको बताउनुभयो ।

मन्त्री बरालले भन्नुभयो,“मलाई रातोपानीमा पुल चाहिन्छ भन्ने पहिलेदेखीनै अनुभुति हुन्थ्यो, म प्रतिनिधि भएपछि पहिलो वर्षनै पुल योजना पार्न सफल भएको थिएँ तर पुललाई यहाँसम्म ल्याउन धेरैनै कठिनाई सामना गर्नुभयो ।”पुल सार्दिखोला, घाचोक, लाहाचोक र माछापुच्छ्रेका लागि धेरै महत्वको रहेको उहाँले बताउनुभयो ।

प्रदेश सरकारको पहिलो वर्ष पुलको डिपिआरका लागि रु ७५ लाख बजेट विनियोजन भएको जानकारी दिँदै उहाँले पछिल्लो समय स्रोत अभावमा योजना कार्यान्वयनमा ढिलाई भएपनि अब स्रोतको अभाव नरहने मन्त्री बरालले प्रतिवद्धता जनाउनुभयो ।

उहाँले भन्नुभयो,“ योजनाको कूल लागतको २० प्रतिशत स्रोत नहुँदासम्म बहुवर्षीय योजना अघि नबढाउने सरकारको नीतिले पनि योजना कार्यान्वयनमा ढिलाई भयो, रातो कितावमा योजना प¥र्यो तर कार्यान्वयनमा नजाँदा जनतामा निराशा आउनु स्वभाविक हो । धेरै मिहिनेतपछि यस वर्ष पुलको स्रोतको सुनिश्चित भएको छ, अब काम अघि बढ्छ ।”

गाउँपालिका अध्यक्ष कर्णबहादुर गुरुङले सङ्घ र प्रदेश सरकारसँगको सहकार्यमा पालिकामा पूर्वाधार निर्माणको काम भइरहेको बताउनुभयो ।गाउँपालिकाको माग अनुसारनै प्रदेश सरकारको पहिलो वर्षको नीति बजेट कार्यक्रममा रातोपानी पुल निर्माणको योजना परेको उहाँले बताउनुभयो ।

अध्यक्ष गुरुङले भन्नुभयो,“ विसं २०७५ मा प्रदेश सरकारको प्राथमिकतामा परेको पुल नबन्ने हो की भन्ने संसय थियो । नबन्ने भन्ने प्रदेश सरकारले कहिल्यै पनि सोचेन तर प्राविधिक समस्याले ढिलाइ भएको हो । डिजाइन अन्तिममा परिर्वतन गर्दा ढिलाई भएको हो ।”

वडा नं २ का वडाध्यक्ष विक्रम गुरुङले रातोपानीमा पुल बन्नुपर्दछ भनेर तत्कालीन बामगठबन्धनको चुनावी एजेण्डा रहेको बताउनुभयो । समयमै तोकिएको मितिमा गुणस्तरीय हिसावले पुल निर्माणको काम अघि बढ्ने उहाँले विश्वास व्यक्त गर्नुभयो ।

प्रदेश सरकारको रु १० करोड ४३ लाख ५७ हजार ६०४ लागतमा पुल निर्माणका लागि हिमदुङ एण्ड थोकर र राम जानकी जेभी काठमाडौँसँग गत साउन २५ गते ठेक्का सम्झौता गरिएको पूर्वाधार कार्यालयका प्रमुख महेन्द्र बानियाँले जानकारी दिनुभयो ।
उहाँका अनुसार सम्झौताका मितिले दुई वर्ष विसं २०८० साउन २४ गतेसम्म निर्माण सम्पन्न गरिसक्नुपर्नेछ । आरसीसी स्टील स्टक्चरमा निर्माण गरिने सो पुल ७० मिटर लामो र दुबैतर्फ डेढ मिटर फुटपाथ सहित साढे १० मिटर फराकिलो हुने कार्यालयले जनाएको छ ।

शिलान्यास कार्यक्रममा वडा नं ३ का वडाध्यक्ष सूर्यप्रसाद लम्साल, नेकपा(माओवादी केन्द्र) गण्डकी प्रदेश कमिटीका सदस्य प्रविणा अधिकारी, नेपाली कांग्रेस गाउँपालिका समितिका उपसभापति मीनबहादुर गुरुङ, निर्माण कम्पनीका प्रतिनिधि निर्मल सिटौला लगायतले पक्की पुल निर्माणसँगै जनतालाई गाउँपालिका केन्द्र आवतजावतमा सहज हुने विश्वास व्यक्त गर्नुभयो ।

Comments
Loading...