पोखराको बैदाममा नेपाली काँग्रेसको टोल समिति गठन

गणेश पहारी
हिमाली आवाज । नेपाली कांग्रेसको विधानमा व्यवस्था भए बमोजिम कास्की जिल्लाका विभिन्न पालिकाहरुका विभिन्न वडामा टोल कार्य समिति गठन गर्ने कार्यलाई तिव्रता दिन थालेको छ ।

टोल कार्य समिति गठन गर्ने प्रक्रिया अगाडी बढाउन कतिपय वडा समिति स्वयं सक्रिय भईरहेका छन भने कतिपय वडामा सम्बन्धित पालिका र जिल्ला समितिले समेत प्रतिनिधि खटाउने गरेको छ ।

यसैबीच पोखरा महानगरपालिका –६ वडा समितिले विभिन्न टोलहरुमा कांग्रेसको टोल कार्य समिति गठन गर्ने कार्य अभियानको रुपमा अगाडी बढाएको छ । शनिबार वडा कार्यसमितिको पहलमा जेष्ठ नागरिक सम्मान सहित टोल कार्यसमिति गठन गरेको छ ।

टोल समितिको सभापतिमा जीवन रेग्मी चयन हुनुभयो । यसैगरी उपसभापतिमा दिल श्रेष्ठ, सचिबमा मुना कोइराला पहारी , सहसचिबमा याम तिमिल्सीना र कोषाध्यक्षमा सन्दीप पहारी हुनुहुन्छ । यसैगरी सदस्यहरूमा सुदिप गिरी , सिता पौडेल, तोड बहादुर थापा, कृष्ण पहारी र अभिनास नेपाली रहनुभएको छ । बाँकी सदस्य समितिलेनै मनोनित गर्नेगरि समिति गठन गरिएको हो ।

कार्यक्रमको उद्घाटन गर्दै नेपाली काङ्ग्रेसका सहसचिब शंकर ढुङ्गानाले नेपाली काङ्ग्रेसको हालको नीतिनै पार्टी मजबुद बनाउने रहेकाकाले संगठनलाई सकृय बनाउने योजना रहेको बताउनुभयो ।

उहाँले आगामि जेठ महिनामा हुने स्थानीय चुनाबको तयारिको लागि हरेक वडामा सबैले टोल समिति गठन गर्नेु पर्ने ,जसले गर्दा तल्लो तहको समिति सम्म कांग्रेसका कामको बिषयमा जानकारी हुने धारणा राख्नुभयो ।

नेपाली काङ्ग्रेस पोखरा महानगर पालिका ६ का सभापति सन्तोष पौडेलले आसन्न निर्वाचनलाई दृष्टिगत गर्दै कांग्रेसका सबै तह सक्रिय हुनुपर्नेमा जोड दिनुभयो । पोखरा महानगर पालिका वडा न ६का वडा अध्यक्ष जगत बहादुर पहारीले चुनावमा कांग्रेसका उमेदवारहरुलाई जिताउन सके मात्र लोकतन्त्र सुदृढ़ हुने बताउनुभयो ।

टोल सभापति हरिशचन्द्र पहारीको सभा अध्यक्षतामा भएको कार्यक्रममा उपसभापति शिवजी कुवँर, पूर्व टोल सभापति बिरबहादुर थापा, इकाइ सदस्य दिल श्रेष्ठ, नगर सदस्य शान्ता तिमिल्सीना, सल्लाहकार तेजनारायण पराजुली, पूर्व सभापति नेत्रपाणि न्यौपाने, पूर्व सभापति दिपकबिर कुवँर, प्रदेश प्रतिनिधि लक्ष्मीबहादुर भट्टराई, क्षेत्रिय प्रतिनिधि लोकराज पहारी र सचिब प्रकाश न्यौपाने लगाएतका बक्ताहरुले कांग्रेसको विभिन्न तहका समितिहरुले विधान अनुसार विभिन्न विभाग र समितिहरु समयमै गठन गर्न र नियमित बैठक गरेर समयानुकूल निर्णय गर्नुपर्ने खाँचों औँल्याउनुभयो ।

Comments
Loading...