काठमाडौँ । लुम्बिनी प्रदेश सरकारले आगामी फागुन ३ गते सार्वजनिक विदा दिने भएको छ । सरकारले प्रदेश स्थापना दिवसको अवसरमा प्रदेशभर सार्वजनिक विदा दिएको निर्णय गरेको हो ।

प्रदेश आन्तिरक मामिला मन्त्रालयले आइतबार एक सूचना जारी गर्दै मन्त्रिपरिषद बैठक २०७७ चैत्र १३ को निणर्यनुसार फागुन ३ गते प्रदेशभर सार्वजनिक विदा दिने जनाएको छ ।
यसअघि प्रदेश सरकारले फागुन ३ गते प्रदेश स्थापना दिवस दाडमा मनाउने निर्णय गरिसकेको छ ।