पोखरामा सुजुकीको इन्धन किफायती पारिवारिक कार सेलेरियोको लञ्चिङ

हिमाली आवाज । बतास व्रदर्श प्रालिले पोखरामा सुजुकी गाडीको नयाँ मोडल आज लञ्चिङ गरेको छ । सुजुकीको चार पाँग्रे सवारी साधनको गण्डकी धौलागिरी क्षेत्रको आधिकारिक बिक्रेता बतासले धेरै इन्धन किफायती पारिवारिक कार सुजुकी सेलेरियो सार्वजनिक गरेको हो ।

नयाँबजारस्थित शोरुममा बतासका सिइओ राजेश रानाभाट र महाप्रवन्धक विश्वमणि भण्डारीले गाडीको लञ्चिङ गर्दै बिक्री शुभारम्भ गर्नुभयो ।
सुजुकीको सो सेलेरियो सर्वाधिक माइलेज दिने दावी गरिएको छ । सो गाडीको ‘लो रनिङ कस्ट’का कारण बढ्दो पेट्रोलियम पदार्थको मूल्यवृद्धि भारबाट केही राहत मिल्ने सुजुकीका बिक्री प्रवन्धक नवराज अधिकारीले बताउनुभयो ।

उहाँका अनुसार नयाँ सेलेरियोमा अतुलनीय ड्राइभिङ अनुभव, नयाँ थ्रिडी अर्गानिक स्कल्प्टेड डिजाइन, फर्स्ट–इन–सेगमेन्ट सुरक्षा, र सुविधायुक्त सुविधाहरू छन् । हाल ३ भेरियन्टमा उपलब्ध यो गाडी २७ लाख ९९ हजार, २९ लाख ९९ हजार र ३१ लाख ९९ हजार रुपैयाँमा नेपाली बजारमा उपलब्ध भएको बताइन्छ ।

बिक्री प्रवन्धक अधिकारीले भन्नुभयो,“सेलेरियो नेपाली बजारमा निकै रुचाइएको पारिवारिक सवारी हो । न्यु जेनेरेशन सेलेरियोमा अझै धेरै माइलेज, बिना सम्झौताको सुरक्षा र सुविधाजनक फिचर रहेको छ । यसको नयाँ डिजाइनले ग्राहकलाई आकर्षित र उत्साहित गर्ने विश्वास लिएका छौँ ।”

अल–न्यु सेलेरियोले थ्रिडी अर्गानिक स्कल्प्ड डिजाइनको साथै गतिशील स्ट्यान्स प्रदान गर्दछ । स्टाइलिश थ्रिडी अर्गानिक स्कल्प्ड डिजाइनले बजारमा कम्प्याक्ट ह्याचब्याक खण्डलाई पुनः परिभाषित गर्ने कम्पनीले जनाएको छ । एनिमेटेड स्वीपिङ फ्रन्ट हेडल्याम्प, ड्रपलेट स्टाइल टेल ल्याम्प र क्रोमसहितको नयाँ रेडियन्ट सिग्नेचर फ्रन्ट ग्रिलले यसको ताजा उत्साहजनक डिजाइन सिग्नेचरलाई जोड दिन्छ । १५’’ (३८.०२ सेन्टीमिटर) अर्बन कालो अल्लो पाङ्ग्रा र अगाडिको फग ल्याम्पले यसमा जीवन्त शैलीको आकर्षण थप्ने कम्पनीको विश्वास छ ।
नयाँ सेलेरियोलाई थप आरामको लागि ऊर्जावान र फराकिलो केबिन विचारपूर्वक डिजाइन गरिएको छ ।

स्वीपिङ क्यारेक्टर लाइनहरू र अर्गानिक स्कल्प्टेड थ्रिडी इन्स्ट्रुमेन्ट प्यानलले नयाँ सेलेरियोलाई अझै प्रिमियम फिल दिएको छ । उज्यालो क्रोम एक्सेन्टसहितको ट्विन स्लट सेन्टर एसी भेन्टिलेसन, बोल्ड ब्यारेल–थीम साइड एयर भेन्ट्सले भित्री डिजाइनलाई थप आकर्षक बनाएकाले गण्डकी धौलागिरी क्षेत्रमा ग्राहकको रोजाईमा पर्ने विश्वास लिइएको कम्पनीको छ ।

Comments
Loading...